नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

सारांश

  • लहान, २९ माघ ,नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो ।
  • नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज.

लहान, २९ माघ ,नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो । नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज.५प ६२०९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तालाबन्दीका कारण कलेजको पठनपाठन प्रभावित

यसैगरी, विद्यार्थीले एक साताअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ । नियमित पठनपाठनको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दीका कारण कलेजमा अध्ययनरत करिब ४०० विद्यार्थीको पठनपाठन पूर्ण रुपमा प्रभावित भएका छन् ।

कलेजमा तालाबन्दी गरे पनि कलेज प्रशासन कुनै चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीले आइतबार आगजनीसमेत गरेका थिए । आक्रोशित विद्यार्थीले कलेजको डेक्स र बेन्चबाहिर ल्याएर आगजनी गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्
चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्
दसैँमा चङ्गा उडाउने संस्कृति हरायो
दसैँमा चङ्गा उडाउने संस्कृति हरायो
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
गौतमको सपना खतिवडाको भागमा, आन्तरिक किचलोमा नेकपा
गौतमको सपना खतिवडाको भागमा, आन्तरिक किचलोमा नेकपा
गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”
गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ :  उप्रप्रधानमन्त्री श्रेष्ठ
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ
शाहरुख खानको फिल्म ‘जिरो’ को सेटमा आगलागी
शाहरुख खानको फिल्म ‘जिरो’ को सेटमा आगलागी
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश