विद्यालय कर्मचारीको अनशन जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०८०
|
|
३८ पटक हेरिएको
Shares
विद्यालय कर्मचारीको अनशन जारी

सारांश

  • काठमाडौं ।
  • सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् ।
  • उनीहरू विगत २२ दिनदेखि अनशनमा छन् ।

काठमाडौं । सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् । उनीहरू विगत २२ दिनदेखि अनशनमा छन् ।

विद्यालय कर्मचारीले गत जेठ २८ गतेदेखि अनशन थालेका हुन् । अनशनमा झण्डै ६० विद्यालयका कर्मचारी सहभागी रहेका विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।

अनशनरत कर्मचारीलाई आवास र खानपिनका साथै उनीहरुको स्वास्थ्यमा समस्या देखिएको उनले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि यही असार ३ गतेदेखि वार्ता थालिए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन ।

‘सहमति नहुँदा परिषद्ले थप आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ’, महासचिव योगीले भने । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको नेतृत्वमा गठित वार्ता समितिमा अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवसमेत प्रतिनिधि रहेका छन् ।

‘अर्थ मन्त्रालयले बजेट थप्ने विषयमा हालसम्म कुनै जवाफ नदिएपछि वार्ता सहमतिमा पुग्न सकेको छैन’, उनले भने । सरकारले वार्तामा बोलाएपछि परिषद्ले विद्यालय बन्दका कार्यक्रम फिर्ता लिई अनशन भने जारी राखेको छ ।

परिषद् र नेपाल शिक्षक महासङ्घका पदाधिकारीले शिक्षामन्त्री अशोककुमार राईलगायत शीर्ष नेतृत्वलाई भेटेर आफ्ना माग पूरा गर्न ध्यानाकर्षण गराइसकेका छन् । यस विषयमा संसद्मा पनि आवाज उठ्दै आएको छ ।

विद्यालय कर्मचारीले मासिक रू आठ हजारदेखि रू १२ हजार पाँच सयसम्म पारिश्रमिक लिई काम गर्नु परेको, सर्वोच्च अदालतको २०६७ माघ २३ गतेको आदेशबमोजिम कर्मचारीको सेवा, शर्त र सुविधा उल्लेख गरी ‘सर्भिस ल’ बनाइ कार्यान्वयन गर्न आलटाल गरेको तथा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूहरुको सुविधा बढाउने विषय उल्लेख गरे पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कुनै सुनुवाइ नभएको भन्दै परिषद् आन्दोलनमा उत्रिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु
ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
विश्वकै चर्चित युट्युबर मिस्टर बिस्ट थियन बुयसेनसँग वैवाहिक बन्धनमा
विश्वकै चर्चित युट्युबर मिस्टर बिस्ट थियन बुयसेनसँग वैवाहिक बन्धनमा
‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’
‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’
तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु
तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल
डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल
जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने
जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने
कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण
कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण
पूर्वी युक्रेनमा प्रत्याक्रमण गरेर केही सहर फिर्ता, रुसी सेना पछि हट्यो
पूर्वी युक्रेनमा प्रत्याक्रमण गरेर केही सहर फिर्ता, रुसी सेना पछि हट्यो