नक्कली बमले रामेछापमा आतंक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२६ पटक हेरिएको
Shares
नक्कली बमले रामेछापमा आतंक

सारांश

  • रामेछाप, मंसिर १ – वाम गठबन्धनको चुनावी सभाालाई लक्षित गरी खाडादेवी गाउँपालिका अन्तर्गत गाल्वा बजार नजिकै राखिएको नक्कली बमले त्यसक्षेत्रको जनजीवन विहानदेखि तनावपूर्ण रह्यो ।
  • बजार छेउमा रातो कपडाले मोडेर राखिएको वस्तु र त्यस आसपासमा विप्लव समूहको नामको केही पर्चाहरु छरपस्ट अवस्थामा भेटिएको थियो ।
  • पैदल हिँड्दै गरेका बटुवाले रातो कपडाले बेरेर राखेको वस्तु बम हो भनेर लेखेर राखेको देखेपछि प्रहरी चौकी गाल्वालाई खबर गरेका थिए ।

रामेछाप, मंसिर १ – वाम गठबन्धनको चुनावी सभाालाई लक्षित गरी खाडादेवी गाउँपालिका अन्तर्गत गाल्वा बजार नजिकै राखिएको नक्कली बमले त्यसक्षेत्रको जनजीवन विहानदेखि तनावपूर्ण रह्यो ।

बजार छेउमा रातो कपडाले मोडेर राखिएको वस्तु र त्यस आसपासमा विप्लव समूहको नामको केही पर्चाहरु छरपस्ट अवस्थामा भेटिएको थियो । पैदल हिँड्दै गरेका बटुवाले रातो कपडाले बेरेर राखेको वस्तु बम हो भनेर लेखेर राखेको देखेपछि प्रहरी चौकी गाल्वालाई खबर गरेका थिए । सोही सूचनाका आधार जिल्ला प्रहरी कार्यालय रामेछापवाट समेत प्रहरी र नेपाली सेनाको टोली घटनास्थल  पुगेको थियो ।

सेना र प्रहरीको सयुक्त टोलीले उक्त बम राखिएको भन्ने वस्तु हो वा होइन एकिन गर्दा ढुगांलाई मैदाले पुरेर त्यसमाथि रातो कपडा बेरेर छाडेको र त्यसको वरपर विप्लव समूहको पर्चाहरु छरेको भेटिएको छ । प्रहरीले पर्चा आफ्नो नियन्त्रणमा लिएको छ भने पर्चा छर्ने विप्लव समूहका कार्यकर्ताहरुको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।

विप्लव समूहका कार्यकर्ताहरुले शुक्रबार खाडादेवीको गाल्वा बजारमा हुने वाम गठबन्धनको चुनावी सभालाई विथोल्नको लागि उक्त नक्कली वम र केही पर्चाहरु छरेको हुनसक्ने अनुमान प्रहरीले लगाएको छ । विहानदेखि तनावको अवस्था रहेको उक्त छेत्रमा बम भनिएको वस्तु निस्तेज पारेपछि अहिले वाम गठबन्धनको सयुक्त चुनावी सभा कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?