विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
५० पटक हेरिएको
Shares
विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन

सारांश

  • नर्भिक इन्टरनेशनल अस्पतालमा विश्व मुटु दिवसको अवसरमा अत्याधुनिक क्याथल्याव सेवाको सुरुवात भएको छ ।
  • कवि/गीतकार तथा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले सो सेवाको उद्घाटन गरेका हुन् ।
  • नयाँ क्याथल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथल्यावपछिको तेस्रो पुस्ताको क्याथल्याव हो ।

नर्भिक इन्टरनेशनल अस्पतालमा विश्व मुटु दिवसको अवसरमा अत्याधुनिक क्याथल्याव सेवाको सुरुवात भएको छ । कवि/गीतकार तथा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले सो सेवाको उद्घाटन गरेका हुन् । नयाँ क्याथल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथल्यावपछिको तेस्रो पुस्ताको क्याथल्याव हो ।

उक्त क्याथल्याव अत्यन्तै नविनतम् सुविधा र प्रविधियुक्त भएकाले मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने अस्पतालले जनाएको छ ।

नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाउँदै अत्याधुनिक क्याथल्याव सेवा सञ्चालनमा ल्याएको हो । विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइदै आएको छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको हो ।

(sweet-factory)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?