स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
४८ पटक हेरिएको
Shares
स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको महाधिवेशनमा आफ्नो दल एक्लै हिंडन नचाहेको बताएका थिए ।
  • उनले यो अभिव्यक्ति कुनै दल या शक्तिहरुसँग सहकार्य या गठबन्धनको संकेत गरेका थिए ।
  • चुनाव नजिकिदै गर्दा सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच चुनावमा तालमेलको भद्र सहमतिबारे खुल्न थालेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको महाधिवेशनमा आफ्नो दल एक्लै हिंडन नचाहेको बताएका थिए ।

उनले यो अभिव्यक्ति कुनै दल या शक्तिहरुसँग सहकार्य या गठबन्धनको संकेत गरेका थिए । चुनाव नजिकिदै गर्दा सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच चुनावमा तालमेलको भद्र सहमतिबारे खुल्न थालेको छ ।

यसअघि भएका राष्ट्रिय सभा चुनावमा पनि गठबन्धनले मिलेर चुनाव लडेका थिए । फेरि मिलेर अगाडि बढेमा एमालेलाई सबैभन्दा धक्का हुन सक्छ ।

गठबन्धनको तयारीलाई दृष्टिगत गरी ओलीले पनि अलग गठबन्धनमा ध्यान दिन थालेको बुझिएको छ । चुनावमा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्ने सम्भावना बढेको छ ।

ओली र ठाकुरबीच निकट सम्बन्ध छ । ठाकुरले पनि सार्वजनिक रुपमा ओलीको प्रशंशा गर्दै आएका छन् । दुई नेताबीच चुनावमा मिलेर जानेबारे समेत विभिन्न माध्यमले कुराकानी चलेको बुझिएको छ ।

मधेश प्रदेशमा प्रभाव बढाएका सीके राउतसँग पनि ओलीको निकट सम्बन्ध छ । राउतलाई राजनीतिक मूलधारमा ल्याउन ओलीले नै मुख्य भूमिका खेलेका थिए ।

दुवैबीच सुमधुर सम्बन्ध छ । किसान आन्दोलन उठाएर मधेशमा प्रभावशाली बन्दै गएका राउतले पनि ओलीबाट चुनावी लाभ लिन खोजेका छन् ।

ओलीको ध्यान विप्लवतर्फ पनि गएको छ । विप्लवसँग पनि ओली नै वार्ता गरी राजनीतिक मूलधारमा फर्काएका थिए ।

यसकारण दुवैबीच सुमधुर सम्बन्ध छ । विप्लव चुनावमा भाग लिने सम्भावना कमजोर छ । तर, चुनावमा भाग लिएमा साथ बढ्ने गरी ओलीको तयारी रहेको बुझिएको छ ।

राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष राजेन्द्र लिङ्देनसँगपनि ओलीको सम्बन्ध सुमधुर छ । लिङ्देन पनि झापाकै हुनु र दुवैबीच विगतमा चुनावी तालमेलको चर्चा पनि चलेको थियो । ओलीले लिङ्देनसँग पनि तालमेलका लागि कुराकानी गर्ने सम्भावना नकार्न सकिदैन ।

चुनावमा काँग्रेस, माओवादी, नेकपा एस र जसपा एक भएमा ओली कुनै हालतमा एक्लै अगाडि बढ्ने सम्भावना देखिदैन । उनले विकल्पमा लोसपा देखि राप्रपासम्मलाई लिन सक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा
राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा
Vulkan Vegas Bonus Computer Code 2023 Aktionscode 50 Freispiel
२४ घन्टामा १६ सय ६९ संक्रमित थप, ५६९९ जना डिस्चार्ज
२४ घन्टामा १६ सय ६९ संक्रमित थप, ५६९९ जना डिस्चार्ज
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
बयान गरि साध्य छैन, नाइजेरियामा सर्पले दिने दुख
बयान गरि साध्य छैन, नाइजेरियामा सर्पले दिने दुख
श्रीमानको कुटाईबाट गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी घाइते
श्रीमानको कुटाईबाट गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी घाइते
पर्सा : ठोरी गाउँपालिकामा माओवादी केन्द्र अगाडि
पर्सा : ठोरी गाउँपालिकामा माओवादी केन्द्र अगाडि
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने