नाच्दा नाच्दै एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
नाच्दा नाच्दै एकजनाको मृत्यु

सारांश

  • हेटौंडा ।
  • तीजको दर खाएर नाच्दै गर्दा हेटौंडाका एक व्यक्तिको ज्यान गएको छ ।
  • हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौंडा । तीजको दर खाएर नाच्दै गर्दा हेटौंडाका एक व्यक्तिको ज्यान गएको छ । हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिमेकीको घरमा चलिरहेको तीज कार्यक्रममा नाचेका थिए । उनी नाच्दै गर्दा एक्कासी ढलेका थिए । ढलेपछि उनी अचेत बनेका थिए ।

उनी अचेत भएको केही बेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिवाकोटी बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडमा काम गर्ने जनाइएको छ । हेटौँडा अस्पतालमा पोस्टमार्टमापछि आफन्तले शव बुझेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?