नगरपालिकाबाट कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०८०
|
|
२४ पटक हेरिएको
Shares
नगरपालिकाबाट कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित

सारांश

  • महोत्तरी ।
  • कृषि कार्यका सहयोगी ज्यावल र बीउ पाएपछि महोत्तरीको मटिहानीका किसान उत्साहित छन् ।
  • ब्याडमा पानी पटाउने हजारी, पानी भण्डारण गर्न ड्रम, उत्पादन टिप्ने र बजार पुर्याउने क्रेट, औषधि छर्कने ‘स्प्रेयर, नानो नाइट्रोजन’ झोल, ‘नर्सरी ट्रे’सहितका कृषि सामग्री र सागजब्जीका बीउ मटिहानी नगरपालिकाले किसानलाई वितरण गरेको छ ।

महोत्तरी । कृषि कार्यका सहयोगी ज्यावल र बीउ पाएपछि महोत्तरीको मटिहानीका किसान उत्साहित छन् । ब्याडमा पानी पटाउने हजारी, पानी भण्डारण गर्न ड्रम, उत्पादन टिप्ने र बजार पुर्याउने क्रेट, औषधि छर्कने ‘स्प्रेयर, नानो नाइट्रोजन’ झोल, ‘नर्सरी ट्रे’सहितका कृषि सामग्री र सागजब्जीका बीउ मटिहानी नगरपालिकाले किसानलाई वितरण गरेको छ ।  प्रारम्भिक चरणमा मटिहानी–७ र ९ का कृषक समूहमा आबद्ध ३० किसानले यी सामग्री पाएका छन् ।

सामान्यतः सागजब्जी खेतीमा आवश्यक सबैजसो सामग्री पाएपछि किसान खुुसी छन् । अहिले वैशाखी सागजब्जी लगाउने बेलामै सामग्री पाएपछि निस्फिक्री काममा लाग्न सहज भएको किसानहरू बताउँछन् । यसअघि मङ्सिरमा मटिहानी नगरपालिकाले गहुँखेती गर्ने किसानलाई बीउ उपलब्ध गराएको थियो । यो सुविधा नगरक्षेत्रका नौ सय किसानले पाएका मटिहानी नगर कार्यपालिकाको कार्यालयका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए ।

मटिहानी नगर कार्यपालिकाले आफ्नो क्षेत्रको कृषि उत्पादन बढाउन विभिन्न मौसमी बालीका समयमा बीउ, मलदेखि अन्य प्रविधिलगायत किसानलाई सुविधा दिँदै आएको जनाएको छ । “हाम्रो नगरको मुख्य आधार नै कृषि हो, त्यसैले विभिन्न बाली लगाइने बेला किसानका लागि खास ‘प्याकेज’मा सहयोग गर्दै आएका छौँ”, नगरप्रमुख हरिप्रसाद मण्डल भन्छन ।

नगर कार्यपालिकाको कार्यालयले पछिल्ला तीन–चार वर्षयता निरन्तर कृषि प्रवर्द्धनमा जोड दिँदै आएको लाभग्राही किसानले बताएका छन् । धान, गहुँँ र मौसमी सागजब्जीको बीउ समयमा पाउँदा निकै राहत मिलेको मटिहानी–५ का किसान नागेन्द्र यादव बताउछन् । कार्यालयले यसअघि ‘स्यालोट्युबवेल’ जडान गरी ३० जना किसानलाई मोटर ‘पम्पसेट’ उपलब्ध गराएको थियो । “स्यालो ट्युबवेल जडान र ‘मोटर पम्पसेट’ भएपछि बाली लगाउन पाइने भएको छ”, मटिहानी–२ का किसान शेषमहम्मद जैश भन्छन ।

नगरका नौवटै वडाबस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन गरेका किसानलाई स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट खरिदमा कार्यालयले कूल लागतमा ८५ प्रतिशत र सम्बन्धित किसानले १५ प्रतिशत रकम लगानी गरेका थिए । यसैगरी कार्यालयले यसअघि फलपूmल रोप्न, मखान बजार व्यवस्थापन सहयोगी सामग्री, दाइँ गर्ने यान्त्रिक उपकरण र कृषि ज्यावल किसानलाई उपलब्ध गराएको थियो । पछिल्ला पाँच वर्षयता बर्सेनि  मौसमअनुसार बाली लगाउन बीउ, कृषि ज्यावल, जैविक मलसहितका सामग्री दिँदै आएको छ । प्राप्त सहयोगबाट आफु जस्ता गरिब किसानलाई निकै राहत मिलेको मटिहानी–६ का मेराज अन्सारी बताउछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद
श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद
राष्ट्रिय फूटबल टाेलिका मुख्य प्रशिक्षक काेजी नेपाल नअाउने !
राष्ट्रिय फूटबल टाेलिका मुख्य प्रशिक्षक काेजी नेपाल नअाउने !
काठमाडौं-५: जित कायम राख्ने कसरतमा ईश्वर, प्रदीपको नतिजा उल्टाउने दाउ
काठमाडौं-५: जित कायम राख्ने कसरतमा ईश्वर, प्रदीपको नतिजा उल्टाउने दाउ
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
स्थानीय चुनावको कुनै अर्थ छैन :विप्लव
स्थानीय चुनावको कुनै अर्थ छैन :विप्लव
सेयर बजारमा उछाल, २६ अंकले बढ्यो नेप्से
सेयर बजारमा उछाल, २६ अंकले बढ्यो नेप्से
धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ: सिटौला
धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ: सिटौला
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
आज पनि पानी पर्ने, उच्च पहाडी भेगमा हिउँ
आज पनि पानी पर्ने, उच्च पहाडी भेगमा हिउँ

तपाईंले छुटाउनुभयो कि?