नदीमा करेन्ट लगाइ माछा मार्ने चार जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
३० पटक हेरिएको
Shares
नदीमा करेन्ट लगाइ माछा मार्ने चार जना पक्राउ

सारांश

  • गोरखा ।
  • नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
  • स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दरौँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

गोरखा । नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दरौँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पक्राउपर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको उनले बताए । सिरानचोक गाउँपालिका–७ मा पर्ने ओडारेस्थित दरौँदी नदीमा राति १ः३० बजे ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएकोे १२ भोल्टको ब्याट्री, करेन्ट प्रवाह गर्ने भाटा, माछा थाप्न बनाइएको जाली र माछा राख्न बनाइएको फुर्लुङसमेत बरामद गरिएको छ, उपरीक्षक लामिछानेले भने।    नदीमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रम बढ्दै गएपछि प्रहरीले यस्ता कार्र्य रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३२ लाख १० हजार बराबरको रक्सी चोरी काण्डमा मालिक नै पक्राउ
३२ लाख १० हजार बराबरको रक्सी चोरी काण्डमा मालिक नै पक्राउ
सन्दीपलाई विदेश जान अनुमति, धरौटीमा छाड्ने आदेश सदर
सन्दीपलाई विदेश जान अनुमति, धरौटीमा छाड्ने आदेश सदर
आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने – उपप्रधानमन्त्री महरा
आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने – उपप्रधानमन्त्री महरा
बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने
बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने
प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग
प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग
हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा
हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा
तुलसीपुरका २१ टोल विकासका कृषकहरुलाई औषधि ट्यांकी
तुलसीपुरका २१ टोल विकासका कृषकहरुलाई औषधि ट्यांकी
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
प्रधानमन्त्री ओलीको लिखित जवाफ : मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ (पूर्णपाठ)
१०७ वर्षीयाले जितिन कोरोना
१०७ वर्षीयाले जितिन कोरोना

तपाईंले छुटाउनुभयो कि?