विमान खरिद प्रकरणमा मुछिए संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री !
सारांश
- काठमाडौं, ३१ साउन ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सार्वभौम व्यवस्थापिका संसदलाई झुटो बोलेर आम जनतालाई गुमराहमा राखेको खुलासा भएको छ ।
- गत साउन २८ गते मन्त्री अधिकारीले दुई वटा वाईड बडी विमान खरिदमा भ्रष्टाचार तथा कुनै पनि अनियमितता नभएको भनेर प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिएका थिए ।
काठमाडौं, ३१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सार्वभौम व्यवस्थापिका संसदलाई झुटो बोलेर आम जनतालाई गुमराहमा राखेको खुलासा भएको छ ।गत साउन २८ गते मन्त्री अधिकारीले दुई वटा वाईड बडी विमान खरिदमा भ्रष्टाचार तथा कुनै पनि अनियमितता नभएको भनेर प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिएका थिए । त्यतिमात्रै नभएर अधिकारीले आफू आउनुपुर्व नै वाईड बडी खरिदको लागि पैसा पठाईएको भनेर सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए ।
तर, उक्त वाईड बडी खरिद गर्न अधिकारीले नै करिब १६ अर्ब रकम विनियोजन गरेको उच्च स्रोतको दाबी छ । वाईड बडी खरिदमा भ्रष्टाचार र अनियमितता नभएको भनेर मन्त्रीले यसरी संसदमा बोल्नु भनेको उनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारको बचाउ गर्नु हो ।
वाईड बडी खरिदमा यत्रो अनियमितता र भ्रष्टाचारको कुरा उठिरहँदा पनि यसबारे किन छानबिन हुँदैन भनेर अहिले चर्चा समेत भैरहेको छ । मन्त्री अधिकारीले यदि आफू उक्त विमान खरिद प्रकरणमा संलग्न नभएको भए यथाशक्य छानबिन समिति बनाएर अघि बढ्नुपर्नेबारे चर्को आवाज उठिरहेको छ । उनले विमान खरिद प्रकरणमा अनियमितता गर्नेलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि आवाज उठेको छ ।
Suresh Adhikari
नेपालमा कोही पनी सही नेता देखीयन सबै कमाउन मा बेस्त नेपाल को कानुन कडा भयन
Tirthraj Chapagain
गर्ने मनपरी भन्ने सरी जस्तो कुराभो संसदमा झूट वोल्नु भनेको आमाको छातीमा लात हान्नु जस्तो हैनर ?