छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

सारांश

  • लम्की।
  • कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ।
  • बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन्।

लम्की। कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ। बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन्। कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन्।

उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ। विद्यार्थीमा कन्र्भसन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताए। “बढी तनाव तथा दवाबमा पर्दा मानसिकरूपमा यस्तो समस्या आउने गर्दछ।” सापकोटाले भने, “यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ।” स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उनले बताए।

नेकपा सांसद खनिए नेत्तृत्वसँग
संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् ।

नेकपाका सांसद झपटबहादुर रावलले सबैजसो सांसदले आफूलाई लागेका कुरा खुलेर राखेको बताए । ‘लुकाउने छिपाउने कुरा आएन, जे छ त्यो सत्य हो भनियो, नेता केन्द्रित नीति र व्यवहार देखिएकोमा विरोध भयो’, रावलले भन्नुभयो– ‘यस्ता छलफल पहिले नै किन भएनन् भनेर प्रश्न गरें, पार्टीलाई सही ढंगले लानलाई नै सुझाव आएको छ, नेतृत्वले सुन्नुपर्छ ।’

रावलले सरकारले जनताका पक्षमा काम नगरेको, पार्टी एकता टुंगिन नसकेको, नेताहरुले तल्लो तहसम्म अधिकार बाँडफाँड नगरेको, बजेट व्यावहारिक र जनमुखी नभएकोलगायतका विषयमा सबैजसो सांसदले धारणा राखेको बताए ।

बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !
हालै एसइइ उतिर्ण गरेर चर्चामा आएकी सदाबहार अभिनेत्री तथा तत्कालिन नयाँ शक्ति, पार्टी नेपालकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी करिश्माले अन्ततः बाबुरामकै पूराना सहयात्री प्रचण्डसँग सम्बन्ध विस्तार गरेकी छिन् ।

नयाँ शक्तिमा सुरुवातदेखि नै लागेकी करिश्माको राजनीतिक मोह त्यतिवेला भंग भयो, जतिवेला उनले नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएर गठन भएको नयाँ पार्टी समाजवादी पार्टी, नेपालमा कुनै भूमिका पाईनन् । बाबुरामले पनि करिश्मालाई जिम्मेवारी दिलाउन मरिहत्ते गरेनन । त्यही भएर मानन्धर बाबुरामसँग चिढिएको कुरापनि बाहिर आएको थियो । तर, बाबुरामले भने करिश्माले साथ छोडेकोमा कुनै पछुतो मानेका छैनन । बरु, खुशी नै व्यक्त गरेका छन् ।

हालैमात्रै एसईई उत्तिर्ण भएकी नायिका करिश्माको धोको भनेको मास्टर्सदेखि पिएचडी गर्नेसम्मको रहेको छ । उनी पूनः राजनीतिमा सक्रिय हुनेछिन । प्रचण्डसँगको भेटवार्तापछि करिश्मा नेकपामा प्रवेश गर्ने निश्चित प्रायः भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ
सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ
पुर्वी नेपाल मा यसरी मनाईयो तीज…फोटो सहित
पुर्वी नेपाल मा यसरी मनाईयो तीज…फोटो सहित
राष्ट्रपतिबाट नवदुर्गा नाचको अवलोकन हुने
राष्ट्रपतिबाट नवदुर्गा नाचको अवलोकन हुने
एलन मस्कमार्फत् ट्रम्पलाई ओलीको बधाई, स्टारलिंकबारे मस्कको ब्रिफिङ
एलन मस्कमार्फत् ट्रम्पलाई ओलीको बधाई, स्टारलिंकबारे मस्कको ब्रिफिङ
दुई मोटरसाइकल ठोकिंदा १ जनाको मुत्यु, एक घाइते
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया

तपाईंले छुटाउनुभयो कि?