नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश

सारांश

  • धनुषा, असोज २४ – नयाँ शक्ति नेपाल प्रदेश नं.
  • २ का संयोजक डा.
  • सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।

धनुषा, असोज २४ – नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल तथा पार्टी एकताको प्रक्रिया अघि बढाएपछि असन्तुष्ट बन्नु भएका यादवले गएको आइतबार नयाँ शक्ति पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।

डा. यादव मंगलबार जनकपुरमा संघीय समाजवादी फोरमले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट माला र टीका लगाई पार्टी प्रवेश गर्नुभएको हो ।

उहाँसँगै नयाँ शक्ति पार्टी प्रदेश नं. २ का १८ जनाभन्दा धेरै नेता फोरममा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्दै डा. यादवले नयाँ शक्तिका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले मधेस विरोधी एमालेसँग तालमेल गरी आफूलाई धोका दिएको र मधेसको विपक्षमा षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?