नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण

सारांश

  • बोगोटा, २३ साउन।
  • कोलोम्बियामा राष्ट्रपतिमा नियुक्ति भएका इभान डुकेले मङ्गलबार आफ्नो पदको शपथग्रहण गरेका छन् ।
  • उनले पूर्व राष्ट्रपति हुँआ म्यानुएल सन्तोसलाई प्रतिस्थापन गरेका हुन् ।

बोगोटा, २३ साउन। कोलोम्बियामा राष्ट्रपतिमा नियुक्ति भएका इभान डुकेले मङ्गलबार आफ्नो पदको शपथग्रहण गरेका छन् । उनले पूर्व राष्ट्रपति हुँआ म्यानुएल सन्तोसलाई प्रतिस्थापन गरेका हुन् । ४२ वर्षीय राष्ट्रपति डुकेले दिएको पहिलो सम्बोधनमा सान्तोस प्रशासनले सुरु गरेको मुलुकको दोस्रो ठूलो विद्रोही समूह ‘नेसनल लिबेरेसन आर्मी (इएलएन)’ सँगको शान्ति प्रक्रियालाई पूरा गरिने बाचा गरेका छन् । इएलएन देशको दोस्रो ठूलो गुरिल्ला समूह हो । इभान कन्जरभेटिभ डेमोक्राटिक सेन्टर पार्टीआवद्ध हुनुहुन्छ । पहिलो ३० दिनमा इएलएनसँग शान्ति प्रक्रियाको कार्यलाई नै अगाडि लगिने उनले बताएका छन् ।

त्यसैगरी देशको सुरक्षा र आर्थिक व्यवस्थालाई बलियो बनाउने पनि उनले बताएका छन् । लगानीलाई प्रोत्साहित गर्ने र प्रतिस्पर्धामा जाने पनि उनले थप जानकारी दिए । उनले कोलोम्बियामा सूक्ष्म, साना, मध्यम र ठूला कम्पनीहरुको स्थापना गरी यसबाट गुणस्तरीय रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?