स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ

सारांश

  • सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू वर्षको मङ्सिर मसान्तसम्म रु साढे २१ करोड ४९ लाख ५४ हजार २५८ राजश्व सङ्कलन गरेको छ ।
  • सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताब, व्यवसाय रजिष्टे«शन दस्तुर, यातायात क्षेत्रको आम्दानी तथा अन्य प्रशासनिक सेवा शुल्कलगायतका विभिन्न राजश्व शीर्षकबाट सो राजश्व सङ्कलन भएको निमित्त प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
  • सबैभन्दा बढी सवारी साधन करबाट रु १६ करोड २६ लाख ६२ हजार ८५२ राजश्व सङ्कलन गरेको छ ।

सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू वर्षको मङ्सिर मसान्तसम्म रु साढे २१ करोड ४९ लाख ५४ हजार २५८ राजश्व सङ्कलन गरेको छ ।
सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताब, व्यवसाय रजिष्टे«शन दस्तुर, यातायात क्षेत्रको आम्दानी तथा अन्य प्रशासनिक सेवा शुल्कलगायतका विभिन्न राजश्व शीर्षकबाट सो राजश्व सङ्कलन भएको निमित्त प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
सबैभन्दा बढी सवारी साधन करबाट रु १६ करोड २६ लाख ६२ हजार ८५२ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार ३०० राजश्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।
कार्यालयले गत आव २०७५÷०७६ मा विभिन्न राजश्व शीर्षकबाट रु ३९ करोड ९० लाख ६१ हजार ५०५ राजश्व सङ्कलन गरेको थियो ।

स्मार्ट लाइसेन्स आउनमा ढिलाइ
कार्यालयले २० हजार ६७९ स्मार्ट लाइसेन्स विभागबाट छपाई भई आउन बाँकी रहेको जनाएको छ । बोलपत्र प्रक्रियामा हुने ढिलाइ, एकै ठाउँमा छपाई गर्ने व्यवस्था, सफ्टवेयरमा देखिने विभिन्न समस्याले विभागबाट स्मार्ट लाइसेन्स छपाई भएर आउन ढिलाइ हुने गरेको प्रमुख शाहीले बताउनुभयो ।

आव २०७४÷०७५ को साउन महिनादेखि स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको कार्यालयमा हालसम्म ४१ हजार ६७९ जनाले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएका जनाइएको छ । ती मध्ये २१ हजार लाइसेन्स कार्यालयमा प्राप्त भई १६ हजार ५०० वितरण गरिसकेको र चार हजार ५०० लाइसेन्स वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?