पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
१५ पटक हेरिएको
Shares
पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

सारांश

  • पर्सा-    पर्सा जिल्लामा ६५ प्रतिशत भन्दा बढि मतदान भएको प्रारम्भीक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।
  • १ सय ६७ मतदान स्थलमा ३ सय ५१ मतदान केन्द्र मार्फत भएको मतदानको एकिन विवरण सवै मतपेटिका सदरमुकाम वीरगंज आएपछि मात्रै प्राप्त हुने मुख्य निर्वाचन अधिकृत नागेन्द्र लाल कर्णले बताउनुभयो ।
  • साँझ ५ बजे मतदान सम्पन्न भएसँगै जिल्लाका सबै मतपेटिका शिलबन्दी गरी सदरमुकाम वीरगंज ल्याउन शुरु गरीएको छ ।

पर्सा-    पर्सा जिल्लामा ६५ प्रतिशत भन्दा बढि मतदान भएको प्रारम्भीक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

१ सय ६७ मतदान स्थलमा ३ सय ५१ मतदान केन्द्र मार्फत भएको मतदानको एकिन विवरण सवै मतपेटिका सदरमुकाम वीरगंज आएपछि मात्रै प्राप्त हुने मुख्य निर्वाचन अधिकृत नागेन्द्र लाल कर्णले बताउनुभयो ।
साँझ ५ बजे मतदान सम्पन्न भएसँगै जिल्लाका सबै मतपेटिका शिलबन्दी गरी सदरमुकाम वीरगंज ल्याउन शुरु गरीएको छ । सदरमुकाम नजिकका मतपेटिकाहरु राति १० बजेसम्म आईपुग्ने र लामो दुरीमा रहेका मतपेटिकाहरु राती २ बजेसम्म आईपुग्ने कर्णले जानकारी दिनुभयो । वीरगंजको श्रीपुरमा रहेको नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा मतगणना हुने छ ।
कुल २ लाख ८९ हजार ५४ जना मतदाता रहेको पर्सामा १ लाख २४ हजार ४ सय ९ महिला, १ लाख ६४ हजार ६ सय २९ पुरुष र १६ जना तेश्रो लिङगी मतदाता रहेका छन् । पर्सामा चार प्रतिनिधि सभा र आठ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?