विकासमा समर्पित हुन प्रधानमन्त्रीको आह्वान

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
विकासमा समर्पित हुन प्रधानमन्त्रीको आह्वान

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले जनताले विकास चाहेको बताएका छन्।
  • सबै सरकार र प्रतिनिधिले विकास चाहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबैको चाहना विकास भएपनि द्रूत गतिमा विकासन भएको बताए।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले जनताले विकास चाहेको बताएका छन्। सबै सरकार र प्रतिनिधिले विकास चाहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबैको चाहना विकास भएपनि द्रूत गतिमा विकासन भएको बताए। 
बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई विकास ढिलो गर्ने छुट नभएको बताए। उनले तीव्र विकास गर्नुको विकल्प नभएको उल्लेख गर्दै यो वर्षको  वर्ष सात प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिदर हुने र आगामी वर्ष दश प्रतिशतको आर्थिकवृद्धिदर सम्म पुर्याउने दाबी गरे।
अबका चार वर्षभित्र द्रूत विकास भएका मुलुकको श्रेणीमा नेपाललाई पुर्याउने प्रधानमन्त्रीको भनाइ थियो। नेपालमा विकास गर्न सजिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले हुम्लाभन्दा बाहेक सबै जिल्ला सदरमुकाममा सडक पुगेको  भन्दै दुई वर्षभित्र हुम्ला सदरमुकाममा सडक संजाल विस्तार गर्ने बताए। 
आफूहरुले निराधार विकासको कुरा गरेको भनइ अधारसहित विकासका कुरा गरेको र आफूलाई विकासलाई समर्पित गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीले आह्वान गरे। विकासका विषयमा पक्ष प्रतिपक्ष नहुने उल्लेख गर्दै बजेट विनियोजनका विषयमा पनि पक्ष प्रतिपक्ष नहुने उल्लेख गरे। प्रधानमन्त्री ओलीले पश्चिम सेती सरकार आफैंले बनाउने पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?