नर्भिक अस्पताललाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
नर्भिक अस्पताललाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार

सारांश

  • नर्भिक इन्टरनेशनल अस्पताल जर्मनीमा अवार्डबाट सम्मानित भएको छ ।
  • बर्लिनमा एक समारोह बीच नर्भिकलाई क्वालिटी च्वाइस प्राइज २०१९ प्रदान गरिएको हो ।
  • गुणस्तर अनुसन्धानका लागि नर्भिकलाई उक्त अवार्ड दिइएको हो ।

नर्भिक इन्टरनेशनल अस्पताल जर्मनीमा अवार्डबाट सम्मानित भएको छ । बर्लिनमा एक समारोह बीच नर्भिकलाई क्वालिटी च्वाइस प्राइज २०१९ प्रदान गरिएको हो । गुणस्तर अनुसन्धानका लागि नर्भिकलाई उक्त अवार्ड दिइएको हो । समारोहमा युरोप, एसिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशबाट ५५ उत्कृष्ट विश्वव्यापी कम्पनी, अस्पताल, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघसंस्था पनि पुरस्कृत भएका थिए ।

नर्भिकको अभिभावकीय संस्था बि.एल.सी होल्डिंग्स प्रालिका कार्यकारी निर्देशक मनिष खेमकाले उक्त अवार्ड ग्रहण गरेका थिए । खेमकालाई अवार्ड समारोहमा विशेष वक्ताको रुपमा पनि आमन्त्रिण गरिएको थियो । खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पु¥याएको योगदान, प्रविधि हस्तान्तरण, यसका प्रगति लगायतका विषयमा आफ्नो भनाई राखेका थिए ।

गुणस्तरीय अनुसन्धान सम्बन्धी युरोपेली समाज स्वीटजरल्याण्डमा मुख्य कार्यालय रहेको एक युरोपेली संस्था हो । यसले गुणस्तरसम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रर्वद्धन गर्ने, गुणस्तरीय व्यवसायिक अभ्यास गर्ने÷गराउने, प्राविधिक नवीनता वा नविनीकरण थप्ने, व्यवसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धीहरुलाई सम्मान गर्ने, जनप्रशासनसम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्यक्षमता कार्यकौशलता सम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?