सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १५, २०७७
|
|
३१ पटक हेरिएको
Shares
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार

सारांश

  • नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३ हजार नाघेको छ ।
  • आज ४ सय ७६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
  • मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३ हजार नाघेको छ । आज ४ सय ७६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ३६४ पुरुष र ११२ महिला छन् । योसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये पुरुष ११ हजार ६ सय ६२ र महिला १५ सय ८६ पुगेको छ ।

हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?