पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
३३ पटक हेरिएको
Shares
पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात

सारांश

  • एजेन्सी ।
  • उपाधि दाबेदार टिम अर्जे्न्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ ।
  • ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जे्न्टिना कोलम्बियासंग २–० गोल अन्तरले पराजित भएको हो ।

एजेन्सी । उपाधि दाबेदार टिम अर्जे्न्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जे्न्टिना कोलम्बियासंग २–० गोल अन्तरले पराजित भएको हो । एरिना नोभा स्टेडियममा कोलम्बियालाई जित दिलाउन रोजर मार्टिनेज र डुजापटाले एक एक गोल गरे । कोलम्बियासँग पहिलो हाफ गोलरहित बराबरी खेलेपनि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जे्न्टिनाले दोस्रो हाफमा दुई गोल खाएको थियो । खेलको ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई २–० को जित दिलाए । अर्जे्न्टिनाले भने पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन् । बल पोजिसनमा पकड जमाएको अर्जे्न्टिनाको आधा दर्जन पोस्ट आक्रमण गोलमा परिणत हुन सकेन् ।

यो जितसंगै समूह बी को कोलम्बियाले पहिलो खेलमा ३ अंक जोडेको छ । र, क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अर्जे्न्टिनाले भने हारबाट प्रतियोगिताको सुरुवाती गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?