गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने

सारांश

  • काठमाडाै, ४ भदाै।
  • गण्डकी विकास बैंकका ग्राहकहरूले काठमाडाैमा रहेकाे नेपाल मेडिसिटी हस्पिटलमा उपचार खर्चमा छुट पाउने भएका छन् ।
  • गण्डकी विकास बैंकका ATM होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा छुट दिने भएको हाे ।

काठमाडाै, ४ भदाै। गण्डकी विकास बैंकका ग्राहकहरूले काठमाडाैमा रहेकाे नेपाल मेडिसिटी हस्पिटलमा उपचार खर्चमा छुट पाउने भएका छन् ।

गण्डकी विकास बैंकका ATM होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा छुट दिने भएको हाे । एक कार्यक्रमका विच गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

बैंकका ATM होल्डर ग्राहकहरुले Valid ATM Card  लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्ने उक्त  सम्झाैता पत्रमा लेखिएकाे छ ।
उक्त कार्यक्रममा वदलिदो परिस्थिती अनुसार ग्राहकहरुको चाहना बमोजिम बैंकका सेवालाई सर्व सुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनहरुमा बैङ्किङ्ग सेवालाई थप विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?