मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
१६ पटक हेरिएको
Shares
मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ

सारांश

  • सप्तरी,१६ साउन।
  • दुई वटा मोबाइल पसल र एउटा होटलबाट सामान चोरीकाे अाराेपमा पक्राउ परेका दुईजना लाई जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार सार्वजनिक गरेको छ।
  • पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार राति पक्राउ गरेको हो।

सप्तरी,१६ साउन। दुई वटा मोबाइल पसल र एउटा होटलबाट सामान चोरीकाे अाराेपमा पक्राउ परेका दुईजना लाई जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार सार्वजनिक गरेको छ। पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार राति पक्राउ गरेको हो।

डाकनेश्वरी नगरपालिका ४ घर भएका १९ वर्षीया भगवती कुमार राम र रुपनी गाउँपालिका ९ का २० वर्षीय रामकुमार मण्डललाई प्रहरीले सामान चोरी गरी भाग्दै गर्दा पक्राउ गरेको थियो। उनीहरुले राजविराज ४ स्थित पशुपति होटलबाट एलसिडी टेलिभिजन लगायतका सामान र नगदसहित करिब ३५ हजार तथा मोबाइल पसलबाट एलसिडी टिभी, मोबाइल, चार्जर, घडी र नगदसहित १ लाख ३० हजार मूल्य बराबरको सामान चोरी गरेको सप्तरी का डिएसपी भावेश रिमालले बताए।

प्रहरीले थप अनुसन्धान गरिरहेको समेत रिमालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?