विप्लवको विज्ञप्ति आयो : ओली, प्रचण्ड र बादललाई यस्तो चेतावनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
विप्लवको विज्ञप्ति आयो : ओली, प्रचण्ड र बादललाई यस्तो चेतावनी

सारांश

  • फागुन ३०, काठमाण्डौ ।
  • लामो समयपछि विज्ञप्ति जारी गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारलाई कडा चेतावनी दिएका छन् ।
  • नेकपाका संयोजक विप्लवले सरकारले आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्धप्रति आक्रोष व्यक्त गर्दै विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

फागुन ३०, काठमाण्डौ । लामो समयपछि विज्ञप्ति जारी गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारलाई कडा चेतावनी दिएका छन् । नेकपाका संयोजक विप्लवले सरकारले आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्धप्रति आक्रोष व्यक्त गर्दै विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

आफ्नो पार्टीलाई प्रतिबन्धपछि बुधबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक र हास्यास्पद निर्णय गरेको भन्दै सरकारको निर्णयको निन्दा गरेको छ ।

विज्ञप्तिमा विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको उल्लेख गरेको छ ।

‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो ।’

चन्दाको औचित्य पुष्टि गर्दै विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’

विप्लवले सरकारलाई मुखतोड जवाफ दिन तयार रहेको पनि बताएका छन् । उनले प्रतिबन्धलाई देश बेचेर खाने दाउको संज्ञासमेत दिएका छन् ।

क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पुँजीवादी सत्ता लादिसकेपछि श्रमिक जनता र क्रान्तिकारीहरूमाथि फासीवादी दमन, सत्ता लादिन्छ र त्यसका विरुद्ध प्रतिरोध सङ्घर्ष बाध्यकारी बन्छ भन्ने सवाल हामीले बुझेकै विषय हो,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘केपी–बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रूपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौँ।’

आफूमाथि प्रतिबन्ध लगाउने प्रचार गरे पनि प्रतिबन्ध देश बेचेर खानेलाई लगाइने विप्लवले बताएका छन् ।

‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘झापा विद्रोह र दश वर्षको महान् जनयुद्धका हुजारी शहीद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका बैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ ।’

उनले मन्त्रिपरिषद्को निर्णयलाई ‘षड्यन्त्रकारी तर हास्यास्पद’को संज्ञा दिएका छन्।

‘यही फागुन २८ गते साँझ केपीको मन्त्रिपरिषद्को बैठकबाट हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध लगाउने, राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक षड्यन्त्रकारी तर हास्यास्पद निर्णय गरेको प्रचार सञ्चारमाध्यममा आएको छ र केपी–बादल कम्पनीको यस कुकर्मप्रति जनताको चासो हुनु स्वाभाविक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपाली नागरिकलाई थाहा छ एमाले, काङ्ग्रेस, भारतसँग प्रचण्डहरूले टाउको लतारेपछि, उनीहरूले क्रान्ति बेचेर दुई दिनको चोलालाई बचाउन क्रान्ति, जनता, कम्युनिस्टहरूप्रति गद्दारी गरेपछि हामीले उनीहरूविरुद्ध विद्रोहको झन्डा उठाएका थियौँ।’

२०७२ सालको संविधान अस्वीकार गरेदेखि नै पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको भन्दै संसदीय चुनावहरूको बहिष्कार गरेपछि गोली हान्ने र हत्या गर्नेसम्ममा राज्य उत्रिएको विप्लवले आरोप लगाएका छन्।

‘हालसम्म हाम्रा तीनजना कार्यकर्ताको सहादत भइसकेको छ भने दर्जनभन्दा बढी कमरेडहरू घाइते हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हालै कथित अप्रेसनका नाममा कपिलवस्तुको शिवगढी अञ्चलपुरका युवा दुर्गा रोकालाई गिरफ्तारपछि गोली हानिएको छ।’

यसबीच सय जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर बन्दी बनाइएको र झुठा मुद्दा लगाइएको आरोप विप्लवले लगाएका छन् ।

विप्लवले अरुण ३, एनसेल, म्यानपावर सप्लाई कम्पनीमाथिको कारबाही आफूले नै गरेको बताएका छन् ।

कारबाहीलाई प्रधानमन्त्री ओलीले लगातार चन्दामा लगेर जोडेर आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल खेलेको आरोपसमेत उनले लगाएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेको थियो ।

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने : पहाडी
प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने : पहाडी
उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा !
उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा !
अस्पतालमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो
अस्पतालमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो
समानुपातिक अपडेट : एमाले अघिअघि, कांग्रेस पछिपछि
समानुपातिक अपडेट : एमाले अघिअघि, कांग्रेस पछिपछि
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु
भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै
काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै
कृष्ण पहाडीसहित २५ जना मानवअधिकारवादीहरु गिरफ्तार
कृष्ण पहाडीसहित २५ जना मानवअधिकारवादीहरु गिरफ्तार
केन्या १५५ मा अलआउट, शरदले लिए ४ विकेट