नाङ्गो र गुजुल्टा तार हट्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
नाङ्गो र गुजुल्टा तार हट्दै

सारांश

  • बागलुङ बजार अब नाङ्गो ताररहित हुने भएको छ ।
  • उच्च अदालत पोखराले दिएको आदेशको दुई वर्षपछि मात्र बागलुङ बजारमा केबुलीकरण भएको हो ।
  • नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका सबै टोलमा नाङ्गो तार हटाउने अभियानलाई पूर्णता दिन लागेको हो ।

बागलुङ बजार अब नाङ्गो ताररहित हुने भएको छ ।

उच्च अदालत पोखराले दिएको आदेशको दुई वर्षपछि मात्र बागलुङ बजारमा केबुलीकरण भएको हो । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका सबै टोलमा नाङ्गो तार हटाउने अभियानलाई पूर्णता दिन लागेको हो । अघिल्लो वर्ष करेन्ट लागेर मृत्यु भएका धेरै घटना बढेपछि प्राधिकरणलाई अदालतले आदेश जारी गरेको थियो । आदेशको पहिलो वर्ष केही स्थानमा केबुलीकरण गरेको प्राधिकरणले यो वर्ष भने बजार क्षेत्रमा पूरै केबुलीकरण गराएको प्राधिकरण बागलुङ बितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताउनुभयो ।

तत्कालीन मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश हरिप्रसाद पौडेलको संयुक्त इजलासले प्राधिकरणलाई चार महिनाभित्र नाङ्गो तार हटाउन आदेश दिएको थियो । थोत्रा पोल फेरेर नयाँ पोल गाँड्न र सर्वसाधारणको ज्यानको जोखिम हुने काम नगर्नसमेत जारी भएको परमादेशको पूर्ण पालना हुन दुई वर्ष लागेको हो । अघिल्लो वर्ष चार जना र गत वर्ष पनि दुई जनाको करेन्ट लागेर मृत्यु भएको थियो । पटकपटकको आग्रह बेवास्ता भएको भन्दै बागलुङ नगरपालिका–१ का टेकबहादुर सार्कीले दायर गर्नुभएको रिटमा अदालतले आदेश जारी गरेको थियो ।

उक्त निवेदनका पक्षमा अधिवक्ता बद्रीप्रसाद शर्मा र विपक्षी प्राधिकरणको तर्फबाट अधिवक्ता रामप्रसाद कर्माचार्य र कुवेरनाथ पोखरेलले बहस गर्नुभएको थियो । प्राधिकरणको बागलुङ वितरण केन्द्रबाट प्रसारण गरिएको ३३ केभीए र ११ केभीए प्रसारण गरिएको हाइटेन्सन लाइनबाट विद्युत् चुहावट भई दुर्घटना बढेको भेटिएपछि सोअनुसार सुधार गर्न आग्रह गरिएको थियो । बागलुङ बजारमा दुई वर्ष लगाएर नेपाल टेलिकमले पनि तार हटाएको छ । दुई हजार ४०० फाइबरमार्फत एडिएसएल लाइन र टेलिफोन लाइन विस्थापित गरेपछि पोलमा गुजुल्टा परेका तार हटाएको हो । प्राधिकरण र टेलिकमले तारमा रहेका गुजुल्टा फाल्ने काम गराइरहेका छन् ।

अब बागलुङ बजारमा निजी संस्थाले टाँगेका तार मात्रै बाँकी छन् । “निजी केबल कम्पनीका तारले अब बजारको कुरुप बनाएको छ, सरकारी तार बाँकी छैनन्”, नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भन्नुभयो, “सडक नजिकै रहेका पोल पनि अब हट्नेछन् ।” सडक मापदण्ड बढेअनुसार दुवै कार्यालयले खम्बासमेत टाढा पु¥याएका छन् । होचा र नजिकै रहेका खम्बा हटाएर सडक चौडा पार्ने काममा पनि उनीहरुले साथ दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री
राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री
किन मारिन् आमाले दुई महिनाको छोरी !
किन मारिन् आमाले दुई महिनाको छोरी !
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
भूइँचालोको त्रास : चार वर्ष पुग्दैछ, फेरि तर्सायो
भूइँचालोको त्रास : चार वर्ष पुग्दैछ, फेरि तर्सायो
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
रोमाञ्चक खेलमा सोमपालको टिम विजयी, फाइनलमा नाईट्ससँग भिड्ने
रोमाञ्चक खेलमा सोमपालको टिम विजयी, फाइनलमा नाईट्ससँग भिड्ने
भारतबाट फर्किएकाहरु चढेको माइक्रो दुर्घटना, ११ जनाको मृत्यु
भारतबाट फर्किएकाहरु चढेको माइक्रो दुर्घटना, ११ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?