रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

सारांश

  • दमौली।
  • तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ।
  • सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो।

दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ। सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो।

रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए। उनले भने, ‘सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो। त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो।’

गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे। ‘फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्’, गुरुङले भने। स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिए। उनले भने, ‘घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ। उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो। सोच्नै नसक्ने घटना भएको छ।’

आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गरे। उनले भने, ‘मेरो वडाले एक होनहार युवा गुमाएको छ।’ रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन्। जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ महिनामै सवै काम किन भएन भन्ने आलोचनाकाे कुनै तुक छैन – प्रचण्ड
इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा सिर्जना सुब्बा बनिन् उत्कृष्ठ अभिनेत्री
इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा सिर्जना सुब्बा बनिन् उत्कृष्ठ अभिनेत्री
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
बल्ल मिल्यो एमाले माओवादी भागबन्डा  ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
बल्ल मिल्यो एमाले माओवादी भागबन्डा ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
रोल्पाली सेवा समाज साउदीले दिलबहादुर बचाउन ९ लाख ३२ हजार गर्यो जम्मा
रोल्पाली सेवा समाज साउदीले दिलबहादुर बचाउन ९ लाख ३२ हजार गर्यो जम्मा
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गरिन् प्रचण्डको प्रशंसा
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गरिन् प्रचण्डको प्रशंसा
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
विप्लवको समूहले गर्यो बम विस्फोट
विप्लवको समूहले गर्यो बम विस्फोट