नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

सारांश

  • काठमाडौँ – नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न कानुनी बाटो खुलेको छ।
  • काठमाडौँ जिल्ला अदालतले बहुविवाह आरोपमा शिल्पालाई पक्राउ गर्न अनुमति दिएपछि त्यसको विरुद्धमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन्।
  • मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले रिट खारेज गरिदिएपछि उनलाई पक्राउ गर्न बाटो खुलेको हो।

काठमाडौँ – नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न कानुनी बाटो खुलेको छ।काठमाडौँ जिल्ला अदालतले बहुविवाह आरोपमा शिल्पालाई पक्राउ गर्न अनुमति दिएपछि त्यसको विरुद्धमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन्। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले रिट खारेज गरिदिएपछि उनलाई पक्राउ गर्न बाटो खुलेको हो।

छवि ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो।जिल्ला अदालतले दिएको आदेशविरूद्ध शिल्पा सुरुमा उच्च अदालत पाटन पुगेकी थिइन्, उच्चले आफू अनुकुलको आदेश नदिएपछि पोखरेल फेरि सर्वोच्च पुगेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?