मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
३९ पटक हेरिएको
Shares
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

सारांश

  • काठमाडौँ ।
  • निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।
  • उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

काठमाडौँ । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।

उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुने गरी उनलाई के–कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको हो ।

“तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?”, आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही
विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
आज आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य संस्थाको सेवा बन्द
आज आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य संस्थाको सेवा बन्द
क्यालिफोर्निया डढेलो फैलिनुमा ‘गलत वातावरणीय कानून’ दोषी ः ट्रम्प
जुद्ध शमशेरका पनातिले ढाल्ने भए मध्यप्रदेश कँग्रेस आई सरकार
जुद्ध शमशेरका पनातिले ढाल्ने भए मध्यप्रदेश कँग्रेस आई सरकार
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न  एयर बस र नाइट भिजन हेलिकप्टर !!!
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न एयर बस र नाइट भिजन हेलिकप्टर !!!
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक (सूचीसहित)
राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक (सूचीसहित)
पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छः सभामुख
अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि
अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि

तपाईंले छुटाउनुभयो कि?