नारायणगढ­मुग्लिन सडक एकतर्फी सञ्चालन

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
नारायणगढ­मुग्लिन सडक एकतर्फी सञ्चालन

सारांश

  • रत्ननगर, १९ साउन, चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।
  • अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताउनुभयो ।

रत्ननगर, १९ साउन, चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार पहिरो खसेको स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम भने जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिनुभयो ।

राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो । पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आउने गाडीलाई मुग्लिनमा र चितवनबाट जाने गाडीलाई सिमलतालमा रोकेको थियो । सो क्षेत्रमा गाडीको लामो लाइन छ । एकतर्फी सडक खुलेपछि बीचमा अड्किएका गाडीलाई भने गन्तव्यमा पठाउन थालिएको छ ।

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने क्रम जारी छ भने पछिल्लो एक हप्तादेखि ढुंगा खस्ने क्रमसमेत बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?