लागूऔषधसहित दुईजना युवा पक्राउ
सारांश
- काठमाडौं ।
- पर्वतको कुश्मामा लागूऔषध भेटिएको भन्दै प्रहरीले आफ्नै कोठाबाट २ जना युवालाई पक्रेको छ ।
- प्रहरीले पर्वतको सदरमुकाम कुश्माबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको बताएको छ ।
काठमाडौं । पर्वतको कुश्मामा लागूऔषध भेटिएको भन्दै प्रहरीले आफ्नै कोठाबाट २ जना युवालाई पक्रेको छ । प्रहरीले पर्वतको सदरमुकाम कुश्माबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको बताएको छ ।
लागुऔषधसहित कुश्मा नगरपालिकाबाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न १२२ थान चरेस बरामद गरिएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद १६ हजार रुपैयाँसहित पक्रेको हो । पक्राउ परेका दुवैलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया