नारायणगढ–मुग्लिन सडकमा अब भित्तो काट्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडकमा अब भित्तो काट्नुपर्ने

सारांश

  • चितवन, ३० असार ।
  • नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिक सडक भासिएको ठाउँको विस्तृत अध्ययन गर्न विज्ञ समूहले सुझाव दिएको छ ।
  • गत मंगलबारदेखि भासिन शुरु गरेको उक्त ठाउँको बुधबार स्थलगत अध्ययन गरेको भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञ समूहले प्रतिवेदन बुझाएको हो ।

चितवन, ३० असार । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिक सडक भासिएको ठाउँको विस्तृत अध्ययन गर्न विज्ञ समूहले सुझाव दिएको छ ।

गत मंगलबारदेखि भासिन शुरु गरेको उक्त ठाउँको बुधबार स्थलगत अध्ययन गरेको भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञ समूहले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा अहिले तत्काल सडक एकतर्फी सञ्चालन गर्न सुझाव दिइएको छ । वर्षात घटेपछि भित्तो काटेर दुईतर्फी सवारी सञ्चालन गर्न उपयुक्त हुने पनि प्रतिवेदनमा उल्लेख छ । दुईतर्फी सवारी आवागमनका लागि छ मिटर हाराहारीमा भित्तो काट्नुपर्ने हुन्छ । सो ठाउँमा भिरालो जमिन रहेकाले चार मिटर अग्लो ठाउँबाट भित्तो काट्न सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सो ठाउँमा ३५ मिटर हाराहारी लामो क्षेत्रमा भित्तो काट्नुपर्ने हुन्छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीले आजै मात्रै प्रतिवेदन आयोजनालाई बुझाएको छ । आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले प्रतिवेदन अध्ययन गरेपछि काम अगाडि बढ्ने बताउनुभयो । विज्ञ समूह नेपालमा पनि रहेकाले सोही समूह प्रयोग गर्ने वा विदेशबाट झिकाउने भन्ने विषयमा पछि छलफल हुने उहाँले बताउनुभयो ।

कोइरालाको प्रतिवेदनमा सो ठाउँमा सन् २००४÷२००५ मा २० मिटर भित्र पुग्ने गरी रक स्वायल एङ्करिङ गरिएको र सो एङ्करिङमा समस्या आएको हुनसक्ने पनि जनाइएको छ । त्यतिबेला फ्रान्सबाट रड झिकाएर एङ्करिङ गरिएको बिसुरालले बताए ।

सडक भासिने क्रम बढ्दै गएपछि गत मंगलबारदेखि नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाई र छेउबाट आठ मिटर चौडा भाग भासिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन : अध्यक्ष ठाकुर (अन्तर्वार्ता )
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन : अध्यक्ष ठाकुर (अन्तर्वार्ता )
जब प्रधानमन्त्री ओली चिनियाँ भाषा बोले…
जब प्रधानमन्त्री ओली चिनियाँ भाषा बोले…
यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको तालिका
हात्तीको आक्रमणमा परी एकको मृत्यु
हात्तीको आक्रमणमा परी एकको मृत्यु
नेपालमा आएको ‘टोर्नाडो’को नेपाली नाम भेटिएन
नेपालमा आएको ‘टोर्नाडो’को नेपाली नाम भेटिएन
अष्ट्रेलियामा ८५ वर्षीय वृद्धालाई ठगेपछि २ नेपाली पक्राउ
अष्ट्रेलियामा ८५ वर्षीय वृद्धालाई ठगेपछि २ नेपाली पक्राउ
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’  स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’ स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।

तपाईंले छुटाउनुभयो कि?