किमको भ्रमणबारे चीन बेखर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
किमको भ्रमणबारे चीन बेखर

सारांश

  • कुनै सूचना भएको भए हामी दिइसक्थ्यौँ–विदेश प्रवक्ता हुवा बेइजिङ, १३ चैत , उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ ।
  • उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भन्नुभभएको छ ।
  • उहाँले भन्नुभयो– यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिकरुपमा नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन ।

कुनै सूचना भएको भए हामी दिइसक्थ्यौँ–विदेश प्रवक्ता हुवा

बेइजिङ, १३ चैत , उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ ।

उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भन्नुभभएको छ ।

उहाँले भन्नुभयो– यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिकरुपमा नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन ।

हामीले यस विषयमा कुनै सूचना प्राप्त ग¥यौँ भने त्यसलाई सार्वजनिक गर्नेछौँ– बेइजिङमा मङ्गलबार आयोजित विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले सो जानकारी दिनुभयो ।

यसअघि केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुग्नुभएको समाचार आएको थियो ।

जापानी केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?