प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !

सारांश

  • राजेन्द्र आचार्य, चितवन, १३ बैशाख ।
  • नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द खनालले प्रहरी भित्रका किराहरु अब नअट्ने भन्दै यस्तालाइ निस्तेज पर्ने बताएका छन् ।
  • “प्रहरी संगठनमा बसेका केहि नालायकहरु किराहरु छन् उनले भने केहि किरा हुन्छन्, किरालाई फाल्नुपर्छ ।

राजेन्द्र आचार्य, चितवन, १३ बैशाख । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द खनालले प्रहरी भित्रका किराहरु अब नअट्ने भन्दै यस्तालाइ निस्तेज पर्ने बताएका छन् ।

“प्रहरी संगठनमा बसेका केहि नालायकहरु किराहरु छन् उनले भने केहि किरा हुन्छन्, किरालाई फाल्नुपर्छ । अब यस्ता किराहरु अट्दैनन् ।”जिल्ला प्रहरी कार्यालय चितवनको बिहिवार यहाँ निरीक्षण गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरी भित्र अझै पनि केहि किराहरु बाकीँ रहेको भन्दै ति किरालाई तिस्तेज पार्ने काम अघि बढिरहेको स्पष्ट पारे ।

“अब अट्दैन् प्रहरीका सदस्य डिसिपिलिन हनुपर्छ, उनले अगाडी भने आचारण, व्यवहार राम्रो हुनुपर्छ, कुरा ईथिकल गर्नुपर्छ, अन्य अपराधी, तस्कर, फटाहा जालीलाई कडा कावाही गनुर्पछ । नकि आफै । ”साथै प्रहरी भित्रका केहि किराहरुले अपराधी काम गरे भन्दैमा यो प्रहरीले गरेको भनेर नबुझन् सबैमा अनुरोध पनि गरे । उनले समग्रुरूपमा प्रहरी भन्नु उपयुक्त नभएको तर्क समेत गरेका थिए ।

नागरिक मैत्री प्रहरी
साथै उनले अब नेपाल प्रहरी नागरिक मैत्री हुने दावी गरेका छन् ।
“अपराध नियन्त्रण गर्ने काम नै पहिलो प्रथामिकता हुन्छ उनले भने घटना घटि हाल्यो भने प्रभावकारी अनुसन्धान हुन्छ, घटना हुन नदिन विशेष रिणनिति छ । ”
प्रहरी ऐन र संघिय प्रहरी ऐन आईसकेपछि प्रहरी संरचना थप बजबुत बन्ने उनले दावी पनि गरेका थिए।
उनले ऐनका लागि कमिटी गठन भई कार्यविधि तयार भईरहेको समेत खुलाए ।

प्रदेश प्रहरी चितवनमै
चितवनमा नै ३ नम्बर प्रदेश कार्यालय रहने सकेत गर्दै रणनिति तयार, नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सम्पुर्ण युनिटहरु निर्देशन दिएको थप स्पष्ट पारे ।

ठाउँ ठाउँमा प्रहरीको माग भएको भन्दै कमी भएको प्रहरी जनशक्तिलाई समेत मौजुदा प्रहरीबाट प्रभावकारी काम देखिने गरि आउने समेत दावी गरेका छन् ।
महिला हिसालाई नियन्त्रण र प्रविधि मैत्री प्रहरी बनाउन पनि आफु लागि परेको उनले बताए ।
यस्तै चितवनका प्रहरीहरुलाई निर्देशन दिदै उनले जनमैत्री प्रहरी प्रसाशन भई काम गर्न निर्देशन पनि दिएका दिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्ष दिपक थापालाई स्थानिय, संघिय र केन्द्रको निर्वाचनसगैँ चितवनलाई शान्ति सुरक्षामैत्री बनाएको महानिरक्षक खनालले प्रशंसा गरेका थिए ।

चितवन प्रहरी प्रमुख थापाले हालसम्म भएका प्रगितको विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Sumina Shahi

    Aja sarbendra khanal sir ko janma din parekoma happy birthday khanal sir

    Comment Author

    Madhav Banjara

    कुरोत हो अब किराहरुअट्दैनन् बिच्छिहरु अाफ्नै पासरहन्छन्

    Comment Author

    Rajkumar Kayastha

    Good

    Comment Author

    Raju Gurung

    Insects(kiraharu) bhanda danger ta jerms(kitanu) haru hunx tasarth microscopic dristikon rakhnu paro

    Comment Author

    Hari Samrata Rai

    Great job sir

    Comment Author

    Raj Khadka

    Police vitra vayeko kira safa garnus saknu hunx vane eknumber chor ta police nai ho

    Comment Author

    उत्तम घिमिरे

    भाषण हैन कामले देखाउनु ल !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?