निजामती कर्मचारी युनियनमा पोखरेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
निजामती कर्मचारी युनियनमा पोखरेल

सारांश

  • रत्ननगर, चितवन, ७ चैत,नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।
  • रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी हुनुभएको हो ।
  • गएराति ३ बजे सकिएको महाधिवेशनमा उहाँले बुढाथोकीभन्दा ३० मत बढी ल्याउनुभयो ।

रत्ननगर, चितवन, ७ चैत,नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।

रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी हुनुभएको हो । गएराति ३ बजे सकिएको महाधिवेशनमा उहाँले बुढाथोकीभन्दा ३० मत बढी ल्याउनुभयो ।

कूल ५४५ खसेको मतमा पोखरेलले २८४ र बुढाथोकीको २५४ मत आएको थियो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ । प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १७० मत प्राप्त गर्नुभयोे ।

अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित हुनुभयो । महासचिवमा सुवास कोइराला निर्विरोध हुनुभएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सबैलाई शपथ खुवाउने कार्यक्रम राखिएको छ । गए राति सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ । पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको खनालले जानकारी दिनुभयो । तीनवर्षीय कार्यकालका लागि सचिवमात्रै सात जना निर्वाचित भएका छन् ।

यही चैत ४ गतेदेखि यहाँ चलेको महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए । महाधिवेशनको काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    D.b. Nirdosh

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?