प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०८०
|
|
२६ पटक हेरिएको
Shares
प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनायो ।

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनायो । एपिएफका लागि राजमति ऐरिले सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन् । 
    
त्यस्तै ममता चौधरीले ६२ रन बनाइन् । उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन् । रोमा थापाले अविजित १४ रन बनाइन । बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारिन । कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।    

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?