खाडी संकट हटाउन अमेरिका, बेलायत र कुवेतद्वारा आव्हान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
खाडी संकट हटाउन अमेरिका, बेलायत र कुवेतद्वारा आव्हान

सारांश

  • असार २७, २०७४- अमेरिका, बेलायत र कुवेतले एक महिनादेखि खाडीमा देखिएको कूटनीतिक संकट वार्ताको माध्यमबाट तत्काल हटाउन सम्बन्धित पक्षलाई आव्हान गरेका छन् ।
  • आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टलगायत देशले जुन ५ देखि कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गर्दै हवाई, जल र स्थल नाकाबन्दी गरेका थिए ।
  • कुवेती समाचार एजेन्सीका अनुसार अमेरिकी सचिव रेक्स टेलीर्सन, बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार मार्क सिडविलले कुवेती अधिकारीहरुलाई भेटेपछि यो आव्हान आएको हो ।

असार २७, २०७४- अमेरिका, बेलायत र कुवेतले एक महिनादेखि खाडीमा देखिएको कूटनीतिक संकट वार्ताको माध्यमबाट तत्काल हटाउन सम्बन्धित पक्षलाई आव्हान गरेका छन् ।

आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टलगायत देशले जुन ५ देखि कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गर्दै हवाई, जल र स्थल नाकाबन्दी गरेका थिए । कुवेती समाचार एजेन्सीका अनुसार अमेरिकी सचिव रेक्स टेलीर्सन, बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार मार्क सिडविलले कुवेती अधिकारीहरुलाई भेटेपछि यो आव्हान आएको हो । खाडीको संकट हटाउन कुवेतले मध्यस्ता खेल्दै आएको छ ।

अमेरिकी सचिव टेलीर्सन पनि ती देशहरुसँग वार्ता गर्नको लागि खाडी आइपुगेका थिए । उनले कुवेतबाट वार्ता थालेका छन् । उनले कुवेतका अमिर र परराष्ट्रमन्त्रीसँग पछिल्लो बद्लिँदो अवस्थाको विषयमा छलफल गरेका छन् ।

कतारलाई नाकाबन्दी गर्ने ती देशहरुले अन्तर्राष्ट्रिय कानुनी परिधिभित्र रहेर थप निर्णेय गर्न लागिएको बेला अमेरिका, बेलायत र कुवेत मिलाउनको लागि आफ्नो भूमिका निर्वाह गर्न थालेका छन् ।
नाकाबन्दी गरेर साउदी, बहराइन र युएईले २०१३ र ०१४ मा भएको रियाद सम्झौतालाई कतारले उल्लं‍घन गरेको जनाएको छ । ती सम्झौताका विषयवस्तुहरु भने सार्वजनिक गरिएको छैन । कतारसँग माग गरिएका १३ वटा बुँदामध्ये अधिकांश रियाद सम्झौता अनुसार रहेको बताइएको छ ।

त्यसै गरी कतारले नाकाबन्दीपछि आफ्नो देशको आर्थिक क्षेत्रमा पुगेको भन्दै क्षतिपूर्ति माग्ने भएको छ । ती देशसँग क्षतिपूर्ति माग्नको लागि कतारले ‘क्षतिपूर्ति दाबी समिति’ बनाएको छ । यस समितिमा नोक्सान ब्यहोरेका कम्पनी वा ब्यक्तिले उजुरी दिन पाउने कतार राष्ट्रिय मानव अधिकार समितिले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीरियामा युद्धविरामको सहमति, कार्यान्वयनमा शंका
सीरियामा युद्धविरामको सहमति, कार्यान्वयनमा शंका
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार
बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?
विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?
एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो
एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या
तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या
अर्थमन्त्री खतिवडाको भविष्य
अर्थमन्त्री खतिवडाको भविष्य
काठमाडौँ लगायत पहाडी क्षेत्रमा आज वर्षा र हिमपात हुने सम्भावना

तपाईंले छुटाउनुभयो कि?