शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
१४ पटक हेरिएको
Shares
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सारांश

  • काठमाडौं ।
  • नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
  • उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उक्त घटनामा मुछिएकाहरूमाथि अनुसन्धान थालेको आज ५६औँ दिन पूरा भएको छ । ६० दिनभित्रमा अभियोजन दर्ता गरिसक्नुपर्ने कानूनी प्रावधान छ ।

शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । उक्त घटनामा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्वगृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

अन्य पक्राउ पर्नेमा भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहमा संलग्न केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजसहितका व्यक्ति फरार छन् । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले शरणार्थी प्रकरणको घटनामा ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध एक सय छजनाले २३ करोड बढी ठगिएको भन्दै जाहेरी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?