‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
सारांश
- काठमाण्डौ, १७ माघ ।
- भक्तपुरको सुर्य विनायकमा एकसाता अघि अचम्मको डाँका पर्यो ।
- सुर्यविनायक निवासी राम बहादुर तामाङको डेरामा पेस्तोल देखाए करिब ३ लाख रुपैया बढीको सुनचाँदीका गहना र नगद लुटपाट भयो ।
काठमाण्डौ, १७ माघ । भक्तपुरको सुर्य विनायकमा एकसाता अघि अचम्मको डाँका पर्यो । सुर्यविनायक निवासी राम बहादुर तामाङको डेरामा पेस्तोल देखाए करिब ३ लाख रुपैया बढीको सुनचाँदीका गहना र नगद लुटपाट भयो । परिवारका सदस्यलाई डोरीले बांधेर डाँकाको टोलिले लुटपाट मच्चाए । करिब एक घण्टा लुटपाट मच्चाएपछि सोही डाँका मध्ये एक ब्यक्तिले डारीले बांधेर राखेका तामाङको छोरालाई जाने बेलामा किस खाएर बाहिरीए ।
तामाङको डेरामा लुटपाट मच्चाउने, उनीहरुका सबै परिवारका सदस्यलाई डोरीले बांधेर राख्ने अनि लुटेर जोन बेलामा छोरालाई किस खाएर जाने । सो परिवार असमञ्नसमा पर्यो । प्रहरीले सोही किस खाएर भागेका डाँका समुहका केही ब्यक्तिलाई पक्राउ गरेको छ ।
घटनामा संलग्न तीन जना अझै फरार छन् । प्रहरीले पक्राउ परेकाहरुबाट चोरीको गहना, मोटरसाइकल प्रहरीले बरामद गरेको छ। सो गिरोहका व्यक्तिहरुलाई सरकारले गत वर्ष गणतन्त्र दिवसको असरमा कैद मिनाहा गरेर छाडेको थियो ।
उनीहरुले डाँका मार्नुभन्दा केही दिन पहिले देखि तामाङको घरको अवस्था रेखदेख र निगरानी गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । डकैतीमा ८ जना संलग्न रहेको र उनीहरुले चोरी गर्नु एक दिन अगाडी तामाङको डेरा अगाडी नास्ता खाँदै चोरीको योजना बनाएका थिए ।
डाँका मार्न जानु केही बेर अघि पिडितको घर नजिक गणेश चोक स्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेल सम्म निगरानी गरेको उनीहरुले प्रहरी सामु बताएका छन् । घरका र वरपरका सबै ब्यक्ति सुतिसकेपछि राती २ बजे घर भित्र पसि लुटपाट मच्चाएका थिए । लुटपाट गरेको रुपैया पैसा र गहना बौद्द जोरपाटीमा पुगेर भागवण्डा लगाएका थिए ।
प्रतिक्रिया