निजी अस्पतालको बहानामा अप्रेसन गरिन्छन् गर्भवती- ५ गुणाले बढ्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
निजी अस्पतालको बहानामा अप्रेसन गरिन्छन् गर्भवती- ५ गुणाले बढ्यो

सारांश

  • काठमाडौंका अस्पतालमा यस्तो छ अवस्था – केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् ।
  • उनको पेटमा आठ महिनाको बच्चा थियो ।
  • मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको शीररमा पानीको मात्रा ७.

काठमाडौंका अस्पतालमा यस्तो छ अवस्था –

केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो । मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको शीररमा पानीको मात्रा ७.५ सिएम मात्रै देखियो । गर्भवती महिलामा पानीको मात्रा यति देखिनु भनेको गम्भीर समस्या हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

चिकित्सकले उनलाई बच्चामा समेत समस्या देखिने भन्दै तत्काल अप्रेसन गर्न सल्लाह दिए । चिकित्सकको सल्लाह विश्वास नलागेपछि उनी थापाथलीस्थित प्रसूतिगृह पुगिन् र स्वास्थ्य जाँच गराइन् । उनको शरीरमा १४.५ सिएम पानी देखियो भने बच्चाको अवस्था पनि राम्रो देखिएपछि उनी घर गइन्।

निजी स्वास्थ्य संस्थाले पैसा कमाउने नाममा अनावश्यक सुझाब दिएर अप्रेसन गर्न लागाउने गरेको मानन्धरले बताइन् । ‘बच्चामा समस्या छ, उल्टो बसेको छ, आमालाई जे पनि हुन सक्छ, अप्रेसनको समय लिइहाल्नुस्’ निजी अस्पतालका चिकित्सकले हरेक गर्भवती महिलालाई भन्ने भनाइ हो यो । शल्यक्रिया अर्थात् ‘सिजेरियन’ गरी बच्चा जन्माउने प्रचलन बढ्दै गएपछि सामान्य अवस्थामा रहेका गर्भवती महिला पनि विभिन्न बहानामा शल्यक्रियामार्फत बच्चा जन्माउन बाध्य भएका छन् ।

‘सिजेरियन’ डेलिभरी दोब्बर वृद्धि
चालू आर्थिक वर्षमा उपत्यकामा जम्मा ३३ हजार ८०३ जनाको डेलिभरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । ‘त्यसमध्ये १२ हजार १५९ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले भने, ‘उपत्यकामा ३६ प्रतिशत डेलिभरी शल्यक्रियाका माध्यमबाट भएको देखिएको छ, तर अस्पतालअनुसार फरक–फरक हेर्दा डेलिभरीको प्रतिशत अपत्यारिलो छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?