निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
१७ पटक हेरिएको
Shares
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा

सारांश

  • काठमाडौं, २३ असाेज ।
  • भूकम्प गएको तीन वर्ष पूरा भइसक्दासमेत निजी आवास पुननिर्माण नभएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ।
  • प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका हुन्।

काठमाडौं, २३ असाेज । भूकम्प गएको तीन वर्ष पूरा भइसक्दासमेत निजी आवास पुननिर्माण नभएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका हुन्। त्यसका लागि प्राधिकरणले सबै स्थानीय तहमा रहने गरी वरिष्ठ इन्जिनियरको पनि व्यवस्था गरेको छ।

पुनर्निर्माणको कामलाई तीव्रता दिन भूकम्प प्रभावित सबै स्थानीय तहमा वरिष्ठ इन्जिनियर रहने व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए। उनले वरिष्ठ इन्जिनियरहरुको सेवा र सुविधा दिने व्यवस्था विश्व बैंकबाट मिलाउन लागिएको पनि स्पष्ट पारे। प्राधिकरणले सेवाग्राहीले अनुदान सहज ढंगले पाउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ।

मंगलबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको कामलाई गति दिन पुरातत्व विभागसँग आवश्यक छलफल भइरहेको जानकारी दिए। उनले काष्ठमण्डपको कामलाई तीव्रता दिन आवश्यक काठ, कालीगढको व्यवस्था भइसकेको जानकारी दिए।  प्राधिकरणले शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणमा ढिलाई नहुने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?