निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक !

सारांश

  • हुम्ला, १९ असाेज ।
  • नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन्।
  • एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लाबासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ।

हुम्ला, १९ असाेज । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन्। एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लाबासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ।

निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँसभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ। हुम्लीहरू अहिले नेपालगञ्ज–सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौँतारिरहेका छन्। कहिले महँगो भाडा, कहिले जहाजको टिकट नपाउने समस्या हुम्लीका लागि नयाँ भने होइन।

बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मीलगायतको उपस्थितिमा सो निर्णय गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
फोरमका कार्यकर्ता कहाँ राख्ने भन्ने कांग्रेसलाई गाह्रो
टुटल र पठाओ बन्द नगरे ट्याक्सी सेवा बन्द गरी आन्दोलन गर्ने चेतावनी
टुटल र पठाओ बन्द नगरे ट्याक्सी सेवा बन्द गरी आन्दोलन गर्ने चेतावनी
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
माघ १३ गते सोमबारको राशिफल यस्तो छ
माघ १३ गते सोमबारको राशिफल यस्तो छ
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

तपाईंले छुटाउनुभयो कि?