जापानको आओमोरीमा भूकम्प

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
२१ पटक हेरिएको
Shares
जापानको आओमोरीमा भूकम्प

सारांश

  • टोकियो ।
  • जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५।
  • ४ म्याग्नीच्युडको भूकम्प गएको छ।

टोकियो । जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५।४ म्याग्नीच्युडको भूकम्प गएको छ।जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ।स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ। यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ।

जापान भूकम्पको उच्च जोखिममा रहेको छ । सन् २०११ मा जापानमा गएको ९।० म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी १९ हजारको ज्यान गएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?