निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा

सारांश

  • चितवन, २ वैशाख ।
  • अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताउनुभएको छ ।
  • नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ गण्डकी प्रदेश र प्रदेश नं ५ का उद्यमीबीच पूर्वबजेट छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षमा ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट आओस् भन्ने सरकारले चाहेको बताउनुभयो ।

चितवन, २ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ गण्डकी प्रदेश र प्रदेश नं ५ का उद्यमीबीच पूर्वबजेट छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षमा ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट आओस् भन्ने सरकारले चाहेको बताउनुभयो ।

व्यवसायीले मै खाउँ मै लाउँ नभनी हामीले खाउँ हामीले लाऔँ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने बताउँदै उहाँले सरकार अनुदान दिने कुरामा भने धेरै लचिलो हुन नसक्ने बताउनुभयो । उद्योगलाई अत्याधिक अनुदान दिने पक्षमा सरकार नरहेको बताउँदै उहाँले भन्नुभयो, “अनुदान दिनु भनेको कसै न कसैलाई कर लगाउनु हो, सरकार भनेको एक हातले अनुदान दिने हो, अर्को हातले कर लगाउने हो । सरकारसँगै स्रोतको सिर्जना केही पनि हुँदैन । तपाईंहरुको स्रोत हो, तपाईंहरुले नै प्राप्त गर्ने हो ।”

उद्योगी व्यवसायीका धेरै समस्या हल हुँदै गएको बताउँदै उहाँले कतिपय समाधान हुने दिशातर्फ अगाडि बढ्को बताउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक वातावरण तयार हुने धेरै ऐन कानून बनिसकेका छन्, कतिपय बन्ने चरणमा छन् । केही समयपछि सबै समस्या समाधान हुनेछन् ।”

सरकारले औद्योगिक सुरक्षा बलको व्यवस्था गर्ने बताउँदै उहाँले त्यसमा केही भाग लागत सहभागिता निजी क्षेत्रको पनि हुनुपर्ने बताउनुभयो । कतिपय जिल्लामा राज्यविरोधी र विध्वंसात्मक गतिविधि भइरहेको बताउँदै उहाँले विदेशी लगानीकर्तालाई तर्साउने खालका गतिविधि पनि भएको बताउनुभयो । सरकार औद्योगिक सुरक्षा दिन तयार रहेको उहाँको भनाइ थियो ।

तयारी वस्तुभन्दा कच्चा पदार्थ आयातमा महङ्गो भन्सार शुल्क रहेको व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै उहाँले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनुभयो । बैंकमा लगानीयोग्य रकमको अभाव रहेको बताउँदै उहाँले बैंकको ब्याजदर स्थिर बनाउन सरकार लागेको बताउनुभयो ।

सो अवसरमा अर्थ मन्त्रालयका राजश्व सचिव लालशङ्कर घिमिरेले उद्योग व्यवसायको विस्तार होस् भन्ने सरकारको चाहना रहेको बताउनुभयो । उहाँँले भन्नुभयो, “उद्योग, व्यापार, व्यवसायलाई उत्प्रेरित गर्न अर्थ मन्त्रालय तयार छ ।” उहाँले सरकारले विभिन्न शीर्षकमा रु १ दशमलब २५ खर्बभन्दा बढी छुट दिएको पनि बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले कच्चा पदार्थको भन्सार महङ्गो तर तयारी वस्तुको भन्सार सस्तो हुँदा धेरै उद्योग समस्यामा रहेको बताउनुभयो ।

उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा भएको कार्यक्रममा परिसङ्घ ३ नं प्रदेशका संयोजक ऋषिराम घिमिरे, परिसङ्घ गण्डकी प्रदेश अध्यक्ष विनोद न्यौपाने, चितनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहित विभिन्न वस्तुगत सङ्घका केन्द्रीय पदाधिकारी, उद्योग सङ्घका जिल्ला अध्यक्षले आगामी बजेटका लागि सुझावसहितको मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा तीनवटै प्रदेशका परिसङ्घको प्रदेश समिति र उद्योग सङ्घका जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट महाउत्सव एनपीएल आजबाट सुरू हुँदै
क्रिकेट महाउत्सव एनपीएल आजबाट सुरू हुँदै
जेठ ५ गतेको राशीफल यस्तो छ, कुन राशीलाई के भय र कुनलाई के अवसर छ आज ?
होटल व्यवसायी सङ्घमा भट्टराई
होटल व्यवसायी सङ्घमा भट्टराई
संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना
संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
‘हारेको सिपाही बनाएर खटाईएका कर्मचारीबाट संघीयता बलियो हुँदैन’
‘हारेको सिपाही बनाएर खटाईएका कर्मचारीबाट संघीयता बलियो हुँदैन’
पूर्ण क्षति भएका ६५१ घर निर्माण
पूर्ण क्षति भएका ६५१ घर निर्माण

तपाईंले छुटाउनुभयो कि?