निन्द्राको सुरमा महिलाले हिराको औठी निलिन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
निन्द्राको सुरमा महिलाले हिराको औठी निलिन्

सारांश

  • अमेरिकाको क्यालिफोर्निया स्थित जेंना इभान्स नाम गरेकी महिलाले औंठी निलेकी छिन् ।
  • उक्त औठी उनले सपना भनेर निलेको बताएकी छिन् ।
  • सपनामा औठी निलेको ठानेकी उनी अस्पतालको बेडमा आफूलाई पाउँदा आश्चर्यचकित भएकी थिइन् ।

अमेरिकाको क्यालिफोर्निया स्थित जेंना इभान्स नाम गरेकी महिलाले औंठी निलेकी छिन् । उक्त औठी उनले सपना भनेर निलेको बताएकी छिन् । सपनामा औठी निलेको ठानेकी उनी अस्पतालको बेडमा आफूलाई पाउँदा आश्चर्यचकित भएकी थिइन् । मंगलबारको राति २४ क्यारेटको हिराको औठी निलेको बताएकी छिन् । आफु तिब्र गतिको रेलमा गएकी र औठी निलेको सपना देखेको बताएकी छिन् ।

उनले पानीसँग औंठी निलेको भन्दै आफ्नो पोस्ट मार्फत सार्वजनिक गरेकी छिन् । उक्त पोस्ट निकै चर्चार्मा आएको छ । उनले धेरै किसिमको आश्चर्यचकित घटनाहरु सपनामा देखिरहने गर्छिन् । निन्द्रामा हिड्ने उनको बानी रहेको समेत आफैले बताएकी छिन् ।

सपना देखेर विपनामा आइपुग्दा अस्पतालको बेडमा पाइन् र औंठी पनि हातमा नरहेको पाएकी थिइन् । इभान्सको एक्स–रेमा हराएको औठी पत्ता लागेको थियो । उनले भने अनुसार औठीलाई आफ्नो पेटमा हेर्दा निकै खुसि भएकी छिन् । पुनः उनको श्रीमान्ले उक्त औठी उनलाई लाई दिएका थिए। ऋब पुनः उक्त घटना नघट्नेमा उनी विश्वस्त भएकी छिन् । Photo Source : The Independent 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?