निरन्तर अनुगमन गर्नुस्ः मन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
५६ पटक हेरिएको
Shares
निरन्तर अनुगमन गर्नुस्ः मन्त्री यादव

सारांश

  • काठमाडौँ, १ चैत , उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
  • विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उहाँले चाडबाड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
  • मन्त्री यादवले भन्नुभयो, “पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय सहयोग गर्न तयार छ ।

काठमाडौँ, १ चैत , उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उहाँले चाडबाड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

मन्त्री यादवले भन्नुभयो, “पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय सहयोग गर्न तयार छ ।”

रकमको हिसाबले धेरै थोरै जे भए पनि उपभोक्तालाई ठगी गर्नेहरु सबैभन्दा ठूलो भ्रष्टाचारी भएको उल्लेख गर्दै उहाँले त्यस्ता व्यक्ति र निकायलाई कानूनी कारवाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता छ भन्नुभयो ।

मन्त्री यादवले सरकारले विगतको एक वर्ष काम गर्ने खाका तयार गरेको भन्दै आगामी चार वर्ष जनताको चाहनाअनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले गत कात्तिकदेखि नयाँ ऐन कार्यान्वयनका आएपछि अनुगमन अधिकृतहरुलाई बजार अनुगमन गर्न सहज भएको बताउनुभयो ।

नयाँ ऐनअनुसार अनुगमन अधिकृतले गलत साबित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने व्यवस्था छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सबै स्थानीय तहमा उपभोक्ता सचेतना केन्द्र स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवकोे हालसम्ममा १०५ व्यवसायको अनुगमन गरी कारवाही स्वरूप रु २५ लाख असुल गरेको छ ।

यसअघि उपभोक्ता अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित ¥याली निकालिएको थियो ।

सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार ः हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाउने तयारी विभागले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
माघ २६ गते आइतबारको राशिफल यस्तो छ
माघ २६ गते आइतबारको राशिफल यस्तो छ
माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ
माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ
दौड्दै गरेका प्रहरी सहायक निरीक्षकको मृत्यु
दौड्दै गरेका प्रहरी सहायक निरीक्षकको मृत्यु
चलखेलै चलखेल,आयल निगम जग्गा खरिद प्रकरणः कागज मिलाएर घोटाला….
चलखेलै चलखेल,आयल निगम जग्गा खरिद प्रकरणः कागज मिलाएर घोटाला….
केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं – प्रचण्ड
केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं – प्रचण्ड
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित
तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित