रौतहटका गाउँ गाउँमा माधव नेपाल
सारांश
- काठमाडौं ।
- तराई बाढीले आक्रान्त हुँदा मधेसी दलका नेताहरु राजधानीमै वार्ता र छलफलका नाममा व्यस्त छन् ।
- उता मधेसविरोधी पार्टीको आरोप खेप्दै आएको नेकपा(एमाले)का नेताहरु भने तराईका जिल्लामा व्यस्त छन् ।
काठमाडौं । तराई बाढीले आक्रान्त हुँदा मधेसी दलका नेताहरु राजधानीमै वार्ता र छलफलका नाममा व्यस्त छन् । उता मधेसविरोधी पार्टीको आरोप खेप्दै आएको नेकपा(एमाले)का नेताहरु भने तराईका जिल्लामा व्यस्त छन् ।
प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचन नजिकिदै गर्दा एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि गृह जिल्ला रौतहटमा सक्रिय छन् । पाँच दिनदेखि रौतहटका गाउँ गाउँ पुगेर नेता नेपाल चुनावी अभियानमा लागेका छन् ।
रौतहटका दुई समानुपातिक सांसद डा. वंशीधर मिश्र र लालबाबु यादवलाई सँगै लिएर जिल्लास्तरीय कार्यकर्ताहरुका साथ नेता नेपाल प्रत्येक गाउँ र टोल पुग्ने अभियानमा जुटेका छन् । बाढीले सबैभन्दा बढी जनधनको क्षति पु¥यााएको रौतहटका पीडितहरुलाई भेटेर सान्त्वना दिँदै र उपलब्ध राहत प्रदान गर्दै स्थानीय जनताका तत्कालको आवश्यकता पूरा गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन पनि दिइरहेका छन् । गाउँ र टोलसम्म नेता पुग्दा जनताको भावना बुझ्न सजिलो भएको अभियानमा संलग्न कार्यकर्ताहरुको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा अन्य अधिकांश प्रदेशमा एमाले पहिलो पार्टी बन्न सफल भएपछि प्रदेश नम्बर २ मा पनि पहिलो पार्टी बनाउने अभियानको अघोषित अंगको रुपमा नेता नेपालको गाउँ भ्रमणलाई लिइएको छ । प्रदेशमा एमाले पहिलो दल बन्ने सम्भावना रहेको मतदाताको भावना बुझ्दा थाहा भएको सांसद डा.वंशीधर मिश्रले बताए । मतदातासम्म पुग्दा नेताहरुले विगतमा अशक्त, अपांग, एकल महिला, ज्येष्ठ नागरिकको पक्षमा एमालेले गरेको कामको चर्चा सर्वसाधारणले नै गर्ने गरेको सांसद मिश्रको दावी छ ।
बाढीले रौतहटमा ठूलो क्षति भएपछि मतदातालाई मतदान केन्द्रसम्म जाने बाटो तत्काल मरमत गर्न, गाउँहरुलाई नजिकको बजारसम्म नेता नेपालले तत्काल जोड्न निर्देशन दिने गरेका छन् । बाढीले प्रभावित अधिकांश गाउँका पीडितले नेता नेपाललाई आफ्नो गाउँमा बोलाएर गाउँको समस्या समाधान गर्न आग्रह गर्ने गरेका छन् ।
Netra Bdr Pulami
good nepal
भावुक कलौनी
bhot magn gae halxan ni ta
Magar Gagan
Kutaai khaaulaani Baaje ali hos garera Vram chharnu..