आज बकर इद पर्व, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा
सारांश
- काठमाडौं, ६ भदौ ।
- मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर–इद आज देशभर मनाइँदै छ ।
- मुस्लिम समुदायले यो पर्व हर्ष र उत्साहका साथ मनाइरहेका छन् ।
काठमाडौं, ६ भदौ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर–इद आज देशभर मनाइँदै छ । मुस्लिम समुदायले यो पर्व हर्ष र उत्साहका साथ मनाइरहेका छन् ।
मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन् । इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् ।
यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गने चलन छ । बकर–इदमा जनावरलाई “कुर्वानी” अर्थात बलिदानी दिने गरिन्छ । बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।
आजको दिन मुस्लिमहरुको लागि बिदा दिइँदै आएकोमा यो वर्षबाट बिदा काटिएको छ । यद्यपि प्रदेश १, २ र ५ मा भने प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिएको छ ।
प्रतिक्रिया