निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
सारांश
- काठमाडाै, १४ असाेज ।
- कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोप लागेका तत्कालीन एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक भएको छ।
- तत्कालीन एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुश विष्टको डीएनए रिपोर्ट शुक्रबारै कञ्चनपुर आइपुगेको भए पनि हिजो शनिबार परेकाले आज आइतबार सार्वजनिक गरिएको हो।
काठमाडाै, १४ असाेज । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोप लागेका तत्कालीन एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक भएको छ। तत्कालीन एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुश विष्टको डीएनए रिपोर्ट शुक्रबारै कञ्चनपुर आइपुगेको भए पनि हिजो शनिबार परेकाले आज आइतबार सार्वजनिक गरिएको हो। तर, तीनै जनाको रिपोर्ट मेल नखाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए।
उनीहरू घटनामा संलग्न भएको आशंका आन्दोलित स्थानीय बासिन्दाले गरेपछि डीएनए परीक्षण गरिएको थियो। तर त्यो आरोप गलत सावित भएको छ। तीनै जनाको डीएनए त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा परीक्षण गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुँवेर कडायतले भने,‘ हामी विभिन्न कोणबाट अनुसन्धानमा छौँ, अनुसन्धानको दायरालाई साँघुरो बनाउँदै ल्याएका छौं, दोषी छिट्टै पत्ता लाग्छ।’
गत साउन १० मा साथी रोशनी बमको घरमा गाइड बुक लिन गएकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट नजिकैको उखुबारीमा शव भेटिएको थियो। घटना भएको दुई महिना भइसक्दा पनि दोषी पत्ता लागेको छैन।
प्रतिक्रिया