चार जहाज उडाउन एक पाइलट

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
४२ पटक हेरिएको
Shares
चार जहाज उडाउन एक पाइलट

सारांश

  • काठमाडौं, २ फागुन – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ ।
  • तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् ।
  •  आजको नागरिक दैनिकमा सुशील भट्टराईले खबर लेखेका छन् ।

काठमाडौं, २ फागुन – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् । आजको नागरिक दैनिकमा सुशील भट्टराईले खबर लेखेका छन् ।

निगमले मंगलबार एकैपटक दुई थान चिनियाँ जहाज थपे पनि तिनलाई ‘कमान्ड’ गर्न एकजनामात्र क्याप्टेन भएपछि निगम ‘थाल खाऊँ न भात खाऊँ’ को अवस्थामा पुगेको छ । चीनमा निर्मित १७ सिट क्षमतायुक्त ‘वाई १२–ई’ सिरिजका दुई थान नयाँ दुई र हाल सञ्चालनमा रहेका यही सिरिजका दुई गरी चार थान वाई १२–ई जहाज कमान्ड गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईमात्र छन् । उनलाई साथ दिने को–पाइलट चारजना छन् ।

‘दुइटा मात्र हुँदा त पर्याप्त उडाउन सकिएको थिएन झन् अब चार भएपछि नयाँ दुई जहाजलाई घाममा सेकाउने बाहेक अर्को विकल्प छैन,’ निगमका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग लाचारी पोखे, ‘जहाज नहुँदा निगमले केही गर्न सकेन भन्छन् र अब हुँदा पनि केही गर्न नसकिने भयो ।’निगममा चार थान वाई १२–ई जहाज उडाउन प्रशिक्षक पाइलट आङनुरी शेर्पा, वरिष्ठ क्याप्टेन भट्टराई र सञ्जयबादे श्रेष्ठ र क्याप्टेन उद्धव घिमिरे छन् ।

तीमध्ये राजीनामा दिएर हिँडेका प्रशिक्षक पाइलट शेर्पा दुई सातादेखि अमेरिकामा छन् । वरिष्ठ क्याप्टेन श्रेष्ठ बिरामी बिदामा छन् भने क्याप्टेन घिमिरेको उडान लाइसेन्स नवीकरण फेल हुँदा उडाउन पाएका छैनन् । अर्का क्याप्टेन अनिशमान शाक्यले राजीनामा दिएका छन् । त्यही भएर चारवटै जहाजको जिम्मेवारी वरिष्ठ क्याप्टेन भट्टराईको काँधमा आएको हो ।

ती जहाज उडाउन को–पाइलटहरू लिबर्टी भण्डारी, सिर्जना रावत, प्रचण्ड खड्का, राकेशकुमार काफ्ले, विजय अवाले, रविन केसी र महेशराज पाण्डे छन् । तीमध्ये खड्को ‘पाइलट प्रोफिसिएन्सी चेक’ (पिपिसी) पूरा भएको छैन भने केसी र पाण्डेको प्रशिक्षक पाइलट (आइपी) उडान अवधि पूरा नभएका कारण जहाज उडाउन पाउँदैनन् ।

 निगमले मंगलबार ल्याएका दुई जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९ एन–एकेयु’ र ‘९ एन–एकेभी’ कलसाइन दिएको छ । ‘केही दिनभित्र दुवै नयाँ जहाजलाई नियमित व्यापारिक उडानमा प्रयोग गर्ने तयारी छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रवीन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘तर, पाइलटको चरम अभाव भएका कारण सबै जहाजलाई पालैपालो उडाउने बाहेक अन्य विकल्प हामीसँग छैन ।’

दुइटा वाई १२–ई हुँदा निगमले सातामा २८ उडान गर्ने तालिका बनाएको छ । अब चारवटा भएपछि सातामा ५६ सम्म उडान गर्ने उसको योजना छ । यस हिसाबले एक दिनमा एउटा जहाजले दुई उडान गर्नुपर्नेछ । अब एउटा क्याप्टेन र चार को–पाइलटले एकैचोटि चार जहाजबाट दैनिक ८ उडान गर्न असम्भव छ । एउटा जहाज उडाउन एकजना क्याप्टेन र एकजना को–पाइलट चाहिन्छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक उडान गर्ने निगमको एक थान साना जहाज उडाउन क्याप्टेन र को–पाइलट गरी पाँचजना चाहिन्छ । यसको अर्थ दुई क्याप्टेन र तीन को–पाइलट वा तीन क्याप्टेन र दुई को–पाइलट हुनुपर्छ भन्ने हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मित्यालमा हावाबाट बिजुली निकालियो
मित्यालमा हावाबाट बिजुली निकालियो
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
यसकारण सम्भव छ केन्द्र र प्रदेश-२ मा नेकपा-फोरम सत्ता साझेदारी !
यसकारण सम्भव छ केन्द्र र प्रदेश-२ मा नेकपा-फोरम सत्ता साझेदारी !
जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला
जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
बागलुङमा जीप दुर्घटना, पत्रकार महासंघका पूर्व महासचिव मगर सहित १४ जना घाइते
बागलुङमा जीप दुर्घटना, पत्रकार महासंघका पूर्व महासचिव मगर सहित १४ जना घाइते
Call for naming Province 7 after martyr Dasharath Chand
Call for naming Province 7 after martyr Dasharath Chand
दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, २५ घाइते
दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, २५ घाइते
सफल भैँसीपालक महिला उद्यमी वकी
सफल भैँसीपालक महिला उद्यमी वकी