धौलागिरि चक्रिय पदमार्ग नयाँ गन्तव्य बन्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
५३ पटक हेरिएको
Shares
धौलागिरि चक्रिय पदमार्ग नयाँ गन्तव्य बन्दै

सारांश

  • म्याग्दी ।
  • म्याग्दीको धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रूपमा विकास गरिने भएको छ ।
  • संसारको साताँै अग्लो सो हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।

म्याग्दी । म्याग्दीको धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रूपमा विकास गरिने भएको छ । संसारको साताँै अग्लो सो हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकिङ व्यवसायी एजेन्सीज एशोसियशन (टान)का पदाधिकारीको छलफलबाट धौलागिरि चक्रिय पदमार्गलाई नयाँ गन्तव्य बनाउने विषयमा पोखरामा छलफल भएको हो ।

टान गण्डकी प्रदेशका अध्यक्ष धर्म पन्थीले धौलागिरि चक्रिय पदमार्गलाई नयाँ गन्तव्य बनाउन छलफल गरिएको बताए ।

‘गण्डकीको पुरानो अन्नपूर्ण चक्रिय पदमार्ग छोटिएपछि धौलागिरिलाई वैकल्पिक नयाँ गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवश्यकता महसुस गरेर पालिका र प्रदेश सरकारसँग छलफल गरेका हौँ’, उनले भने, ‘पालिका, प्रदेश र सङ्घीय सरकारले पूर्वाधार बनाउने, हामी निजी क्षेत्रले प्रर्वद्धनको काम गर्ने योजना बनाएका छौँ ।’

म्याग्दीको दरवाङ, मुदी, बगर, दोभान हुँदै धवलागिरि आधारशिविर भएर मुस्ताङ निस्कने धौलागिरि चक्रिय पदमार्गको भ्रमण र धौलागिरि हिमाल आरोहणका लागि आउने पर्यटकको सङ्ख्या न्यून छ ।

आरोहीहरू हेलिकप्टरबाट सिधँै आधारशिविर पुग्ने र फर्कने हुँदा पदमार्गमा पर्ने गाउँलेले लाभ लिन पाएका छैनन् । पदमार्ग, पुल, आवास, खानेपानी र सञ्चार सुविधा विस्तारका लागि गाउँपालिकाले पहिलो चरणमा डिपिआर तयार पार्न लागेको उपाध्यक्ष रेशम पुनमगरले बताए ।

साइनबोर्ड, सूचना पाटी राख्ने काम तत्कालै गर्नुपर्ने पर्यटन व्यवसायीले सुझाएका छन् । अत्याधुनिक प्रविधिको सञ्चार सुविधा विस्तार गर्ने विषयमा पनि छलफल भएको उपाध्यक्ष पुनको भनाइ छ ।

बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन् । आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ टे«किङ गर्नुपर्ने हुन्छ । वर्षमा करिब २०० पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन् ।

मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्लको एकान्त वातावरण, नजिकै देखिने झारल, प्राकृतिक तातोपानी कुण्ड, भिरमह शिकार, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रिय पदमार्गको मुख्य आकर्षण हो । भीर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनाउन पछिल्लो ५ वर्षमा प्रदेश र सङ्घीय पर्यटन मन्त्रालयले २÷२ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् । गाउँपालिकाले पनि यो पदमार्गको पूर्वाधारमा करिब १ करोड रुपैयाँ भन्दा बढी खर्चिएको छ ।

विभिन्न १२ स्थानमा झोलुङ्गे पुल र तीन स्थानमा साना ढल निर्माण गर्न स्थलगत अध्ययन गरेर आवश्यकता पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि भवन बनाइएको छ । देउरालीमा बिटिएस टावर राखेर बगरसम्म मोबाइल सेवा विस्तार गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए
वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए
मन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा
मन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ
मोदी दोस्रो कार्यकालमा नेपाल नआउने सम्भावना !
मोदी दोस्रो कार्यकालमा नेपाल नआउने सम्भावना !
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
अवैध लागूऔषध सहित ७ जना पक्राउ
अवैध लागूऔषध सहित ७ जना पक्राउ
तिहारबारे नेवार समुदायमा अन्यौल
तिहारबारे नेवार समुदायमा अन्यौल
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
देउखुरीका दर्जन बढी घर डुबानमा
देउखुरीका दर्जन बढी घर डुबानमा