अब दीपक मनाङेले पनि फिल्म निर्माण गर्ने !

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • प्रदेश नं.
  • ४ अन्तर्गत मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) ले फिल्म निर्माण गर्ने भएका छन् ।
  • फिल्म ‘तिमी सँग’ फिल्मका निर्देशक शिशिर राणाले निर्देशन गर्ने छन् ।

प्रदेश नं. ४ अन्तर्गत मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) ले फिल्म निर्माण गर्ने भएका छन् । फिल्म ‘तिमी सँग’ फिल्मका निर्देशक शिशिर राणाले निर्देशन गर्ने छन् ।

फिल्मका लागि निर्माण यूनिट र निर्देशक बिच बुधवार लिखित सम्झौता भएको छ । यध्यपी फिल्मको नाम भने खुलाइएको छैन । यसअघि मनाङेले आफ्नै छोरा सिद्धार्थ गुरुङको डेब्यु फिल्म ‘वान वे’ निर्माण गरेका थिए । चैत अन्तिमबाट फ्लोरमा जाने फिल्मका लागि कलाकारहरु भने फाइनल भएका छैनन् ।

विवाहपछिको प्रेममा आधारित रहेर फिल्म निर्माण गरिने भएकाले फिल्ममा पाका कलाकारहरु रहने निर्देशक राणाले बताए । रेड बर्ड प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्तामा श्यामबहादुर थापा रहनेछन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली रहेका छन् । निर्देशक राणाले यस फिल्मलाई ‘सोसल ड्रामा’ भनेका छन् । फिल्मको एक गीत रेकर्ड भइसकेको छ भने हाल स्क्रिप्टमा काम भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?