निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
२१ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई

सारांश

  • काठमाडौं, १५ साउन ।
  • कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको दुई वर्ष पुरा भइसक्दा पनि दोषी पत्ता लागेका छैनन् ।
  • प्रहरीको अनुसन्धानमा जटिल र चर्चामा आएको यो हत्या प्रकरणमा विभिन्न शंका आशंकाहरु भइरहे ।

काठमाडौं, १५ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको दुई वर्ष पुरा भइसक्दा पनि दोषी पत्ता लागेका छैनन् । प्रहरीको अनुसन्धानमा जटिल र चर्चामा आएको यो हत्या प्रकरणमा विभिन्न शंका आशंकाहरु भइरहे ।

प्रहरीमाथि नै घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्यो । जसमध्ये कञ्चनपुरका तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्ट पनि थिए । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीबाट गएका डिएसपी अंगुर जीसी र ज्ञानबहादुर सेठी, इन्स्पेक्टरहरु एकीन्द्रबादुर खड्का र जगदीशप्रसाद भट्ट, सईहरु हरसिंह धामी र रामसिंह धामी र जवान चाँदनी साउद थिए । उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।

बिहिबार जिल्ला अदालत कञ्चनपुरले आठैजनालाई सफाई दिएको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलाशले आठैजनालाई सफाई दिएको हो । प्रमाण नष्ट गरेको अभियोग लगाउँदै निर्मलाकी आमा दुर्गा पन्तले उजुरी दिएकी थिइन् ।

११ साउन २०७५ मा १४ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनको हत्यामा संलग्न भएको आशंकामा दिलिपसिंह बिष्टलाई पक्राउ गरेपनि पछि उनी निर्दोष रहेको भनियो । घटनामा अन्य व्यक्ति दोषी भएको र यसलाई लुकाउन खोजेको समेत भनिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?