सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड

सारांश

  • काठमाडौं, ४ जेठ ।
  • एमाले र माओवादी केन्द्रले पार्टी एकताको संसदलाई  जानकारी गराएका छन् ।
  • संसदको शुक्रबारको बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी बनाएको  जानकारी गराए ।

काठमाडौं, ४ जेठ । एमाले र माओवादी केन्द्रले पार्टी एकताको संसदलाई  जानकारी गराएका छन् ।

संसदको शुक्रबारको बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी बनाएको  जानकारी गराए ।

शुक्रबार संसदकाे बैठकमा  वरीयता अनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल दाेस्राे नंबरमा बसेका छन।

चीनमा रहेका झलनाथ खनालको सिट भने खाली थियो । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नंबरमा बसेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?